चुक्तापूँजी नपुर्याएको स्टाण्डर्ड चार्टर्डको यस्तो छ प्रगति,जगेडाकोषमा ३ अर्ब ४४ करोड थपियो

Nov 08, 2017 merolagani

एकबर्षको अवधिमा स्टाण्डर्ड चार्टर्ड बैंक (SCB) को जगेडाकोषमा ३ अर्ब ४४ करोड रुपैयाँ थपिएको छ । चालु आर्थिक बर्षको पहिलो त्रैमासमा बैंकको जगेडाकोष ८ अर्ब ५५ करोड पुगेको छ । गतबर्ष यसै अवधिमा बैंकको जगेडाकोषमा ५ अर्ब ११ करोड रुपैयाँ रहेको थियो ।



बैंकले फेस भ्यालू एक सय रुपैयाँमा ११ सय ९० रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता १२ सय ९० रुपैयाँका दरले २५ लाख ५८ हजार एक सय ४० कित्ता नयाँ सेयर निष्काशन गरेको थियो । एफपीओ बिक्रीका क्रममा प्रिमियम बापत प्राप्त रकमले बैंकको जगेडाकोष मजबुत बनेको हो ।

तर अझै पनि बैंकले राष्ट्र बैंकले तोकको न्यूनतम आठ अर्ब चुक्तापूँजी पुर्याउन सकेको छैन । बैंकको हाल चार अर्ब मात्र चुक्तापूँजी रहेको छ । बैंकले गतबर्षको कमाईबाट लाभांश घोषणा गर्न समेत बाकी छ ।

बैंकले चालु आर्थिक वर्षको प्रथम त्रैमासमा ४८ करोड २५ लाख ३१ हजार रुपैया खुद नाफा आर्जन गरेको छ । गतवर्ष येही अबधिमा बैंकले ३४ करोड ९४ लाख २४ हजार नाफा आर्जन गरेको थियो । बैंकले खुद ब्याज आम्दानी, संचालन मुनाफा तथा खराब कर्जा असुली बढाएपछि नाफा बढेको हो ।

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

 बैंकको प्रतिशेयर आम्दानी वार्षिक ४८ रुपैया १८ पैसा रहेको छ ।  प्रतिसेयर आम्दानी गतबर्षको तुलनामा डेढ रुपैयाँले घटेको छ । गतबर्ष बैंकको प्रतिसेयर आम्दानी ४९ रुपैयाँ ७० पैसा थियो ।

७१ अर्ब ४२ करोड रुपैयाँ निक्षेप संकलन गरेको बैंकले ३९ अर्ब ८५ करोड रुपैयाँ कर्जा लगानी गरेको छ ।

निष्कृष्य कर्जा अनुपातलाई शून्य दशमलव १८ प्रतिशतमा झारेको स्टाण्डर्ड चार्टर्डले २ करोड ९ लाख संम्भावित जोखिम व्यवस्था गर्दा १ करोड ५ लाख खराब कर्जा असुलेको छ ।

बैंकको प्रतिसेयर नेटवर्थ ३१३.४९ रुपैयाँ र मूल्य आम्दानी अनुपात ४५.३५ गुणा रहेको छ ।

 

-----------------------------------------------------------------------------------------------------------------------

................ सिद्धार्थ बैंकले ल्यायो ‘मेरो सेयर खाता’, वार्षिक ६ प्रतिशत ब्याजदर  ..................

.................. १२ मेगावाट क्षमताको दोर्दीखोलाको निमार्ण तीन बर्षमा सक्ने लक्ष्य  ..................

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।