गुरु न्यौपानेबाट जफत जनता बैंकको सेयर लिलामी प्रक्रिया रोकियो

Nov 08, 2017 merolagani

गुरुप्रसाद न्यौपानेको श्रीमति सुमित्रादेवी न्यौपानेबाट जफत गरेको जनता बैंक (JBNL) को सेयरको लिलामी प्रकृया रोकिएको छ । उच्च अदालत पाटनले गुरु न्यौपानेले राष्ट्र बैंक र जनता बैंक बिरुद्ध हालेको मुद्धामा अन्तरकालीन आदेश जारी गरेपछि लिलामी प्रकृया स्थगित भएको हो ।

जनता बैंकले न्यौपानेबाट जफत गरेको ८५ हजार एक कित्ता साधारण सेयरको लिलाममा राखेको थियो ।

उक्त सेयरमा आवेदन दिने अन्तिम दिन मंगलबार नै जफत गरिएको सेयर लिलामी नगर्न उच्च अदालत पाटनले जनता बैंकका नाममा आदेश गरेको थियो । उच्च अदालत पाटनले शेयर बोलकबोल आव्हान सूचना बमोजिम कुनै पनि काम कारबाही नगर्नु नगराउनु भनी आदेश जारी गरेको हो।

जफत भएको सेयर जनता बैंकले कार्तिक १५ देखि २१ गतेसम्म लिलाममा राखेको थियो ।

यससँगै हाललाई सो लिलामी प्रकृया रोकिएको छ । उच्च अदालतले प्रक्रिया मात्र रोक्नु भनेकाले बैंकको सेयर लिलामीमा बोलपत्र पेश गरेका ३०० जना आवेदकको पैसा के हुन्छ भन्ने प्रश्न समेत उब्जिएको छ ।

अदालतको प्रकृया छिटो नटुङ्गिने भएकाले अदालतको आदेशपछि जनता बैंकले सूचना जारी गरी अर्को सूचना जारी नभएसम्मका लागि सेयर लिलाम स्थगित गरेको जनाएको छ ।

जनता बैंक माछापुच्छ्रे बैंकसँग मर्जमा जाने भएपछि न्यापानै बैंकको सञ्चालक रहेकै बेला सो जानकारी सार्वजनिक हुनुभन्दा अगाडि संस्थागत सुशासन उल्लंघन गरेर श्रीमति सावित्रादेवी न्यौपाने नाममा सो परिमाणको सेयर ईन्साईडर ट्रेड्रिङ्ग गरी किनेका थिए ।

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

सो बारेमा राष्ट्र बैंकले निर्देशन दिएर छानविन गर्न लगाएपछि संचालक नारायणप्रसाद पौडेलको संयोजकत्वमा गठीत समितिको प्रतिवेदनबाट जफत गर्नुपर्ने देखिएपछि सेयर जफत भएको थियो ।

...[गुरु न्यौपानेले किन गर्दैछन् जनता र राष्ट्र बैंक विरुद्ध मुद्धा हाल्ने तयारी ?]...

जफत गरिएको सेयरको लिलामी प्रक्रिया अघि बढाएपछि गुरु न्यौपानेले आफुसँग सम्बन्ध बिच्छेद र अंश बण्डा भईसकेकी श्रीमतिको सेयर जफत रोक्न रिट दायर गरका थिए । हाल लिलामीको सेयरमूल्य बजारमूल्य अनुसार २० करोड ४० लाख रुपैयाँ बराबर हुन्छ ।

-----------------------------------------------------------------------------------------------------------------------

................ सिद्धार्थ बैंकले ल्यायो ‘मेरो सेयर खाता’, वार्षिक ६ प्रतिशत ब्याजदर  ..................

.................. १२ मेगावाट क्षमताको दोर्दीखोलाको निमार्ण तीन बर्षमा सक्ने लक्ष्य  ..................

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।