रुरल माईक्रोफाइनान्सको मुनाफा बढ्यो

Nov 08, 2017 merolagani

रुरल माइक्रोफाइनान्स डेभलपमेन्ट सेन्टल लिमिटेड (RMDC) ले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा खुद मुनाफा ५ करोड ७७ लाख रुपैयाँ कमाएको छ । कम्पनीको नाफा गत वर्षको तुलनाभन्दा ४४ दशमलव ८८ प्रतिशतले बढी हो ।

अघिल्लो वर्षको सोहि अवधिमा कम्पनीले ३ करोड ९८ लाख रुपैयाँ कमाएको थियो ।

खुद ब्याज आम्दानी तथा संचालन मुनाफा बढेपछि माइक्रोफाइनान्सको नाफामा सुधार आएको हो । कम्पनीको खुद व्याज आम्दानीमा ३० प्रतिशत तथा सञ्चालन मुनाफा ४५ प्रतिशतले बढेको छ ।

७२ करोड ६७ लाख रुपैयाँ चुक्ता पूँजी भएको रुरल माइक्रोफाइनान्सले जगेडाकोषमा १ अर्ब २३ करोड ५८ लाख रुपैयाँ राखेको छ ।

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

रुरलको निष्कृय कर्जा शुन्य, प्रतिशेयर आम्दानी वार्षिक ३३ दशमलव ३९ रुपैयाँ, मुल्य आम्दानीको अनुपात २० दशमलव ८१ गुणा र प्रतिशेयर नेटवर्थ २ सय ८३ दशमलव ५६ रुपैयाँ र तरलता अनुपात ११ दशमलव ३७ प्रतिशत रहेको छ ।

 

-----------------------------------------------------------------------------------------------------------------------

................ सिद्धार्थ बैंकले ल्यायो ‘मेरो सेयर खाता’, वार्षिक ६ प्रतिशत ब्याजदर  ..................

.................. १२ मेगावाट क्षमताको दोर्दीखोलाको निमार्ण तीन बर्षमा सक्ने लक्ष्य  ..................

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।