लघुवित्त कम्पनीले चुक्ता पूँजी पाँच करोड ७३ लाख ७२ हजार १२० रुपैयाँको १५ प्रतिशत बराबर ८६ लाख पाँच हजार ८१८ रुपैयाँ बराबरको बोनस तथा कर प्रयोजनका लागि ०.७८९ प्रतिशत अर्थात चार लाख ५२ हजार ९३७ रुपैयाँ ७९ पैसा नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
मिथिला लघुवित्तको जगेडा कोषमा दुई करोड ७७ लाख रुपैयाँ रहेको छ । गत आर्थिक बर्षमा कम्पनीले ८५ लाख नौं हजार रुपैयाँ खुद नाफा गर्दे प्रतिसेयर आम्दानी १४ रुपैयाँ ८३ पैसा कायम गरेको थियो ।
लघुवित्तकाे सेयर कारोबार भने कम्पनी सञ्चालक समितिकाे कार्तिक १० गते १५ प्रतिशत बोनस वितरण गर्ने प्रस्ताव गरेपनि २२ गतेमात्र सार्वजनिक जानकारीमा ल्याएपछि नेप्सेले काराेबार राेक्का गरेकाे हो ।
-----------------------------------------------------------------------------------------------------------------------
................ सिद्धार्थ बैंकले ल्यायो ‘मेरो सेयर खाता’, वार्षिक ६ प्रतिशत ब्याजदर ..................
.................. १२ मेगावाट क्षमताको दोर्दीखोलाको निमार्ण तीन बर्षमा सक्ने लक्ष्य ..................