बोर्टलस् नेपालले कात्तिक २० गते सम्पन्न सञ्चालक समितिको बैठकले ३९ औं बार्षिक साधारण सभाका लागि मंसिर ११ गतेदेखि २५ गतेसम्म सेयरधनी किताब बन्द गर्ने निर्णय गरेको हो । बोर्टलस् नेपालले आर्थिक बर्ष २०७३/७४ को नाफाबाट कुनै लाभांश प्रस्ताव गरेकाे छैन ।
उता बोर्टलस् नेपाल तराईको कात्तिक २० गते सम्पन्न सञ्चालक समितिको बैठकले भने आर्थिक बर्ष २०७३/७४ को नाफाबाट सेयरधनीलाई २५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
३१ औं बार्षिक साधारण सभाका लागि मंसिर ११ गतेदेखि २५ गतेसम्म सेयरधनी किताब बन्द गर्ने निर्णय गरेको छ । प्रस्तावित नगद लाभांश कम्पनीको साधारण सभाबाट पारित भएपश्चात सेयरधनीलाई वितरण हुनेछ ।
-----------------------------------------------------------------------------------------------------------------------
................ सिद्धार्थ बैंकले ल्यायो ‘मेरो सेयर खाता’, वार्षिक ६ प्रतिशत ब्याजदर ..................
.................. १२ मेगावाट क्षमताको दोर्दीखोलाको निमार्ण तीन बर्षमा सक्ने लक्ष्य ..................