दिनदिनै बजार तिब्र गतिमा झर्दा लगानीकर्ता किन नआत्तिने ?

Nov 08, 2017 Merolagani

ठोस कारण बिना नै दिनहुँ बजार ठुलो अन्तरले तल झरिरहेको छ । जसका कारण लगानीकर्ताको बजारप्रतिको उत्साह समेत कमजोर बन्दै गएको छ । यद्यपी बजारमा आएको गिरावटसँगै पछिल्ला दिनमा देखिएको कारोबार रकमको बढोत्तरीले भने बजारबाट अझै आशावादी हुनुपर्ने देखाउँछ । निरन्तरको गिरावटले बजार पूँजीकरण पनि १७ खर्बको नजिक आएकाे छ ।

घट्नु अनि बढ्नु बजारको सिद्धान्त हो । यस क्रममा केही दिन यता सुचीकृत कम्पनीहरुले पहिलो त्रैमासको वित्तीय बिवरण धमाधम निकालिरहेका छन् । बजारमा वाणिज्य बैंकहरुको हिस्सा ७० प्रतिशतभन्दा धेरै छ । पहिलो त्रैमासमा बैंकहरुको खस्किँदो अवस्थाले लगानीकर्तालाई त्राहिमाम बनाएको छ ।

बुधबार बजारमा सेयर बिक्री चाप अधिक आए पछि परिसुचक १७.८३ अंकले घटेर १४६६.८३ अंकमा ओर्लिएको छ । १५९ कम्पनीका ११ लाख ९८ हजार २६४ कित्ता सेयरहरु ५ हजार ३ सय ८३ कारोबारबाट ४७ करोड ७७ लाख ९ हजार रुपैयाँमा किनबेच भएका छन् । मंगलबार बजार झण्डै दोहोरो अंकले तल झर्दा ४२ करोड ४४ लाख रुपैंयाको सेयर किनबेच भएको थियो । यसरी बजार जति तल झर्छ त्यत्ति नै धेरै कारोबार पनि भैरहेको छ ।

अर्कातिर ठुलो संख्यामा जारी भएको हकप्रद तथा बोनस सेयर सूचीकरण हुँदा अहिलेकै मूल्यमा त्यस्तो सेयर बेच्नेको भिड लागेको छ । यसरी लगानीकर्ता सुरक्षित हुन धमाधम सेयर बेच्दै गर्दा त्यो सेयर कसले किनिरहेको छ भन्ने कुरा महत्वपुर्ण छ । यसलाई दैनिक रुपमा कारोबार रकम बढ्नुले पनि पुष्टि गर्छ ।

वाणिज्य बैंक, बीमा कम्पनी लगायतका मिश्रीत कम्पनीहरुमा अधिक कारोबार चाप देखिएको छ । यस क्रममा स्टाण्डर्ड चार्टड बैंकको अधिक सेयर कारोबार भएको छ । शतप्रतिशत बोनसको आशमा बैंकको सेयरमा खरिद चाप पर्दा बेच्नेहरुले पनि मौकाको फाइदा उठाईरहेका छन् ।

बुधबार कारोबार भएका सबै उप -समुहहरुमा गिरावट आएको छ । बीमा समुहमा सबैभन्दा धेरै अर्थात १३५.०५ अंकको गिरावट आउँदा होटल समुहमा ७६.३५ अंकको गिरावट आएको छ । जलविद्युतमा २८.२५ अंकको गिरावट आएको बजारमा लघुवित्तमा २१.५८, विकास बैंकमा २१.५१, वाणिज्य बैंकमा १४.३८, वित्तमा .४६ अंकको गिरावट आएको छ । त्यसैगरि व्यापार समुहमा ३.६३, उत्पादनमा ३.२१ र अन्य समुहमा २.८९ अंकको गिरावट आएको छ ।

बुधबार जम्मा १५ कम्पनीको मात्र सेयर मूल्य बढेको छ । महुली सामुदायिक लघुवित्तको सेयर मूल्य सबैभन्दा धेरै अर्थात ४ प्रतिशतले बढेको छ । युनिलिभर नेपाल, ङादी ग्रुप पावर, परवार्ड कम्युनिटी माइक्रोफाइनान्स लगायत कम्पनीले महुलीलाई पछ्याएका छन् ।

बजारमा आएको निरन्तरको गिरावटले केही महिनाको अन्तरमा समग्र बजार पूँजीकरण २ खर्ब बढीले घटिसकेको छ । पूँजीकरण १७ खर्ब २ अर्ब ६२ करोड रुपैयाँमा झरेको छ । अब बजार ४ अंकले तल झरेको खण्डमा बजार पूँजीकरण १७ खर्बबाट तल आउनेछ ।

बोटलर्स नेपाल तराईको सेयर मूल्य सबैभन्दा धेरै अर्थात १० प्रतिशतले घटेको छ । लक्ष्मी लघुवित्त, हिमालयन डिस्टीलरी, सोल्टी होटल लगायत केही बीमा कम्पनीको सेयर मूल्य पनि धेरै घटेको छ ।

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

अब चुनाबी सरगर्मी नजिकिँदै गर्दा बजार उकालो लाग्ने अनुमान सबैले गरिरहेका छन् । त्यस बखत अहिले सेयर उठाएकाहरुले नाफा सुरक्षित गर्ने छन् । यस आधारमा अहिले सेयर बेच्नेलेभन्दा किन्नेले धेरै लाभ लिने निश्चित छ । किनकी अब सुचिकृत कम्पनीहरुको सेयर मूल्य ज्यादै न्युन विन्दुमा आईसकेको छ ।

गत वर्षका हकप्रद र बोनस समायोजन भएका कारण मात्र नेप्सेको उचाई साढे १४ सय अंकको हाराहारीमा देखिएको हो । केही वर्ष अघिको अवस्थालाई हेर्ने हो भने अहिलेको सेयर मूल्य कायम हुँदा नेप्से परिसुचक हजार विन्दुभन्दा ज्यादै तल रहेको थियो ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।