वेस्टर्न र मिसन डेभलपमेन्ट बैंकको प्रथम त्रैमासिक प्रतिवेदन हेर्नुहोस्

Nov 08, 2017 Merolagani

वेस्टर्न डेभलपमेण्ट बैक (WDBL) र मिसन डेभलपमेन्ट बैंक(MIDBL) ले चालू आर्थिक बर्षको वित्तीय विवरण सार्वजनिक गरेका छन् । वेस्टनले आफ्नो खुद नाफा झण्डै तीन गुणाले बढाउँदा मिसन डेभलपमेन्ट बैंकको भने तीन करोड रुपैयाँले घटेको छ ।

नमस्ते वित्तीय संस्था मर्ज गरेर वेस्टर्नले १५ करोड ७९ लाख रुपैयाँको चुक्ता पूँजीबाट ४२ करोड २९ हजार पुर्याएको छ । उसको प्रथम त्रैमासिक अवधिको खुद नाफा गत बर्ष २९ लाख ५८ हजार रहेकोमा हाल ८८ लाख ६ हजार रुपेयाँ पुगेको छ । बैंकले पूँजी वृद्धिको तुलनामा नाफामा सन्तुलन कायम गर्दा प्रतिशेयर आम्दानी पनि ७ रुपैयाँ ५४ पैसाबाट ८ रुपैयाँ २० पैसामा बढेको छ । 

समीक्षा अवधिमा बैकले एक अर्व ६३ करोडबाट कर्जा लगानी बढाएर २ अर्व ३० करोडमा पुर्याएको छ भने गत आवको प्रथम त्रैमासमा रहेको २ अर्ब १९ करोडमात्र भएको निक्ष्ोपको आकार २ अर्ब ८० करोडमा वृद्धि गरेको छ । यसबाट बैंकले एक करोड ३५ लाखको गतबर्षको खुद नाफा बढाएर तीन करोड ५३ लाख रुपैयाँ खुद व्याज आम्दानी गरेको छ ।

गत बर्षको पहिलो त्रैमासभन्दा निष्कृय कर्जा अनुपात केही बढेर ०.६८ प्रतिशत पुगेपछि कर्जा नोक्सानी कोषको रकम एक करोड ३२ लाख रुपैयाँ व्यवस्था गरेको छ । बैंकको कर्मचारी खर्च र अन्य सञ्चालन खर्च उल्लेखनिय रुपमा बढेकाले यसलाई घटाउन सकेमा बैंकको प्रगति थप मजवुत बन्ने देखिन्छ ।

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

यसैगरी मिसन डेभेलोपमेण्ट बैकको खुद नाफा गत बर्षको पहिलो त्रैमासको तुलनामा चालू आर्थिक वर्षको पहिलो त्रैमासमा तीन करोडले घटेको छ । गत बर्ष एक करोड ७३ लाख कमाएको बैकको खुद नाफा एक करोड ४१ लाखमा खुम्चिएको हो ।

समीक्षा अवधिामा बैकले १९ करोड ४९ हजारबाट चुक्ता पूँजी ४३ करोड २७ लाख रुपैयाँमा बढाउँदा जगेडा कोष समेत ८ करोड ६० लाख रुपैयाँबाट १४ करोड ६७ लाख रुपेयाँमा बढेको छ ।

खुद व्याज आम्दानीमा सामान्य सुधार गरेको बैकको कर्मचारी खर्च र अन्य सञ्चालन शिर्षका खर्च थेग्न नसक्दा उल्लेखनिय रुपमा बढेको बैंकको सञ्चालन नाफा समेत ५१ लाखले घटेर दुई करोड २१ लाखमा सिमित भएको छ ।
दुई गुणा पूँजी वृद्धिको आधारमा खुद नाफा बढ्न नसक्दा बैकको प्रतिशेयर आम्दानी समीक्षा अवधिमा ३५ रुपैयाँ ६४ पैसाबाट घटेर १३ रुपैयाँ ०४ पैसामा झरेको छ ।

समीक्षा अवधिमा वैकको निष्कृय कर्जा ०.०३ बाट ०.३३ प्रतिशतमा बढेको छ । पूँजी कोष लागत ८.७४ प्रतिशत, प्रतिशेयर नेटवर्थ १३३ रुपैयाँ ९१ पैसा र मूल्य आम्दानी अनुपात ९२ गुणा रहेको छ ।

 

-----------------------------------------------------------------------------------------------------------------------

................ सिद्धार्थ बैंकले ल्यायो ‘मेरो सेयर खाता’, वार्षिक ६ प्रतिशत ब्याजदर  ..................

.................. १२ मेगावाट क्षमताको दोर्दीखोलाको निमार्ण तीन बर्षमा सक्ने लक्ष्य  ..................

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।