बैंक अफ काठमाण्डूको थप संस्थापक सेयर विना प्रिमियम लिलामीमा आउने

Nov 08, 2017 merolagani

नेपाल धितोपत्र बोर्डले बैंक अफ काठमाण्डू (BOKL)ले जारी गर्न लागेको नयाँ संस्थापक सेयर प्रिमियम मूल्य नराखी बोलकबोलमा बिक्री गर्न निर्देशन दिएको छ । बैंकले बोर्डसँग फेस भ्यालु एक सय रुपैयाँमा १६६ रुपैयाँ प्रिमियम थपेर न्यूनतम २६६ रुपैयाँमा लिलामी गर्ने अनुमति मागेको थियो ।



तर बोर्डले बैंकलाई न्यूनतम एक सय रुपैयाँ फेस भ्यालुमा नै बैंकको संस्थापक सेयर बोलकबोलबाट बिक्री गर्न भनेको छ । जस अनुसार अब बैंकले ६१ लाख ५८ हजार ६७ कित्ता थप संस्थापक शेयर लिलामी गर्नेछ । लगानीकर्ताले अब प्रतिकित्ता न्यूनतम १०० रुपैयाँलाई आधार मानेर लिलामी भर्नुपर्नेछ ।

बैंकले संस्थापक तथा सर्वसाधारण शेयरधनीको पूँजी संरचना ५१ः४९ प्रतिशत कायम गर्नको लागि संस्थापक एफपिओ बिक्रीको योजना अघि सारेको थियो । धितोपत्र बोर्डले कानूनी व्यवस्था नभएको भन्दै बैंक अफ काठमाण्डूलाई थप नयाँ संस्थापक सेयर अर्थात एफपिओे जारी गर्न रोक लगाउदै लिलामी प्रक्रियामा जान निर्देशन दिएको हो ।

 

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

यसको बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ । हाल बैंकको चुक्ता पुँजी ५ अर्ब ६२ करोड ९५ लाख ७६ हजार रुपैयाँ छ ।

पहिलो पटक बैंकले प्रिमियम सहित प्रतिकित्ता ३१० रुपैयाँमा संस्थापक एफपिओ जारी गर्ने प्रस्ताव गरेको थियो ।

 

-----------------------------------------------------------------------------------------------------------------------

................ सिद्धार्थ बैंकले ल्यायो ‘मेरो सेयर खाता’, वार्षिक ६ प्रतिशत ब्याजदर  ..................

.................. १२ मेगावाट क्षमताको दोर्दीखोलाको निमार्ण तीन बर्षमा सक्ने लक्ष्य  ..................

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।