मर्जरबाट ठूलो बनेको बैंकको सञ्चालन मुनाफा ऋणात्मक

Nov 09, 2017 merolagani

चालु आर्थिक बर्षको पहिलो त्रैमासमा महालक्ष्मी विकास बैंक (MLBL) को सञ्चालन मुनाफा २ करोड ४५ लाख ऋणात्मक भएको छ । यति विकास बैंकलाई गाभेको बैंकको खु्द ब्याज आम्दानी बढेपनि कर्मचारी खर्च र अन्य सञ्चालन खर्च अत्याधिक भएपछि सञ्चालन मुनाफा ऋणात्मक भएको हो ।


साथै यसअवधिमा बैंकको खुद नाफा समेत १४.९२ प्रतिशतले घटेको छ । बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ५ करोड ६३ लाख ४३ हजार रुपैया खुद नाफा आर्जन गरेको छ । गतवर्षको यसै अबधिमा बैंकले ६ करोड ६२ लाख २८ हजार नाफा आर्जन गरेको थियो

यति विकास बैंकलाई गाभेको बैंकको चुक्ता पूँजी २ अर्ब ६३ करोड रहेको छ भने जगेडा कोषमा १ अर्ब ९ करोड रहेको छ । मर्जपछि बैंकको चुक्ता पूँजी र जगेडा कोषको आकार बढेको हो ।

बैंकले यस अवधिमा २५ अर्ब १४ करोड निक्षेप संकलनगरी २० अर्ब १२ करोड कर्जा लगानी गरेको छ ।

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

बैंकको निष्क्रिय कर्जा ३.५५ प्रतिशत छ । बैंकले यो अवधिमा खराब कर्जाको आकार केही घटाएको छ ।

यस अवधिमा बैंकले ११ करोड ७६ लाख खराब कर्जा उठाएको छ । अझै पनि बैंकले ९ करोड ६७ लाख सम्भावित जोखिम काेषमा राखेको छ ।

बैंकको प्रतिसेयर आम्दानी ८ रुपैयाँ ५६ पैसा छ, प्रतिसेयर नेटवर्थ १४१ रुपैयाँ ७० पैसा रहेको बैंकको सिडि रेशियो ६९.७५ रहेको छ ।

 

-----------------------------------------------------------------------------------------------------------------------

................ सिद्धार्थ बैंकले ल्यायो ‘मेरो सेयर खाता’, वार्षिक ६ प्रतिशत ब्याजदर  ..................

.................. १२ मेगावाट क्षमताको दोर्दीखोलाको निमार्ण तीन बर्षमा सक्ने लक्ष्य  ..................

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।