देव विकास बैंकको एकीकृत कारोबार समारोहमा किन पड्किए कामु गर्भनर सिवाकोटी ?

Nov 09, 2017 Merolagani

साझा विकास बैंक र युनियन फाइनान्सलाई प्राप्ति गरेर विहीबारदेखि एकीकृत कारोबार सुरु गरेको देव विकास बैंकको कार्यक्रममा कामु गर्भनर चिन्तामणि सिवाकोटी एकाएक पड्किएका छन् । कामु हैसियतमा निमन्त्रणा गरिएका उनलाई बैंकले भूलवस डेपुटी गर्भनरको रुपमा मात्र सम्बोधन गरेपछि उनी रिसाएका हुन् ।

बैंक तथा वित्तीय संस्थाहरुमा पछिल्लो समय व्यापारी, शिक्षाविददेखि शिक्षकहरुसम्म सञ्चालक हुन थालेको बताउँदै सिवाकोटीले प्रमुख कार्यकारी अधिकृत र सञ्चालकहरुले के गर्नुहुन्छ, के गर्नुहुन्न भन्ने निर्देशिका राष्ट्र बैंकले जारी गरेर कडाई गर्न थालिएको बताए ।

अब बैंक सञ्चालक नियुक्ति भएको एक महिनाभित्र अनिवार्य सञ्चालक शिक्षा लिनुपर्ने उनको भनाई थियो । यसले सञ्चालकहरुमा सिइओले भनेअनुसार हस्ताक्षर गर्ने प्रवृत्तिमा कमी आई आफुले के गर्नुपर्छ, र के गर्नुहुन्न भन्ने विषयमा जानकार हुन सहयोग पुग्ने उनको भनाई थियो ।

राष्ट्र बैंकले लागू गर्ने नियमलाई लादिएको रुपमा नबुझ्न आग्रह गरेका कामु गर्भनरले सन् २०१० यता बैंक तथा वित्तीय संस्थामा रहेको नकरात्मक वित्तीय सूचकलाई सन् २०२० सम्म सकरात्मक बनाउन Banking for International Settlement ( BIS ) सँग गरेको प्रतिवद्धता कार्यान्वयन गर्न पनि नियमको पालना जरुरी भएको उनको भनाई थियो । 

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स 

देव विकास बैंकको अध्यक्ष सुर्वणलाल बज्राचार्यले अाैपचारिक कार्यक्रम संचालनमा भएकाे त्रुटिप्रति शुरूमै क्षमा मागे ।  

अध्यक्ष बज्राचार्यले राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई गरेको धेरै नियमनले बैंकहरु धेरै माया गरेको बाँदरको बच्चाजस्तो केही गर्न नसक्ने अवस्थामा पुगेकाे गुनासाे गरे । उनले केन्द्रीय बैककाे नियमनकाे पुनरावलाेकन गरिनुपर्नेमा जाेड दिए । 

यति रेमिट्यान्स भित्रियो वा मुद्रास्फिति  घट्याे भन्ने राष्ट्रबैककाे तथ्याकंमा गर्व गर्न नसकिने वताउँदै उनले आत्मनिर्भर अर्थतन्त्रमार्फत आयात प्रतिस्थापनतर्फ जोड दिन लाग्न राष्ट्र बैंकसमक्ष सुझाव दिए ।

राष्ट्र बैंक नयाँ फाइनान्सियल प्रोडक्ट दिन असफल रहेको उनको भनाई थियो । बज्राचार्यले अहिले बाणिज्य बैंक र विकास बैंकले गर्ने कार्यको तात्विक फरक नरहेको बताए । विकास बैंकहरुलाई देश विकास गर्ने ठूला आयोजनाहरुमा लगानी गर्न ध्यान दिन उनले अाग्रह गरे ।

साथै १२ बर्षअघि वैदेशिक रोजगारीमा गएर काम गर्नुपर्ने बाध्यता हटाउने अठोटका साथ एनडिईपी डेभलपमेन्ट बैंक स्थापनाको समय उनले स्मरण गरे ।

 

 -----------------------------------------------------------------------------------------------------------------------

................ सिद्धार्थ बैंकले ल्यायो ‘मेरो सेयर खाता’, वार्षिक ६ प्रतिशत ब्याजदर  ..................

.................. १२ मेगावाट क्षमताको दोर्दीखोलाको निमार्ण तीन बर्षमा सक्ने लक्ष्य  ..................

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।