सबैभन्दा बढी खुद नाफा सिभिल लघुवित्तले ९१ प्रतिशतले खुद नाफा बढाएको छ भने आरएसडिसी लघुवित्तको सबैभन्दा कम २९ प्रतिशतकाे वृद्दि रहेको छ । सबै लघुवित्तको कर्मचारी खर्च र अन्य सञ्चालन खर्चको शिर्षकमा ठुलै बढोत्तरी आएको छ ।
आरएसडिसी लघुवित्तले खराब कर्जा अनुपात शुन्य दशमलव ०१ बाट शतप्रतिशतले घटाएर शून्यमा झार्दा सिभिलको ०.५८ प्रतिशतमा स्थिर रहेको छ । मिथिलाले भने ४.५० प्रतिशतबाट ३.३५ प्रतिशतमा झारेको छ ।
जगेडा कोषको आधारमा सिभिलले सबैभन्दा बढी ६१ प्रतिशतले बढाएको छ भने मिथिलाको सबैभन्दा कम १९ प्रतिशतले बढेकाे छ । प्रतिसेयर आम्दानीका आधारमा सबैभन्दा बढी आरएसडिसीको सबैभन्दा बढी १९ रुपैयाँ रहेको देखिएपनि उसले जारी गरेको २०० प्रतिशत हकप्रदको पूँजीकरण हुँदा निकै घट्ने देखिन्छ ।
-----------------------------------------------------------------------------------------------------------------------
................ सिद्धार्थ बैंकले ल्यायो ‘मेरो सेयर खाता’, वार्षिक ६ प्रतिशत ब्याजदर ..................
.................. १२ मेगावाट क्षमताको दोर्दीखोलाको निमार्ण तीन बर्षमा सक्ने लक्ष्य ..................