ग्लोबल आइएमई बैंकको २० प्रतिशत लाभांश पारित

Nov 09, 2017 Merolagani

ग्लोबल आइएमई  बैंकको  एघारौँ बार्षिक साधारण सभाले १० प्रतिशत बोनस तथा १० प्रतिशत नगद लाभांश पारित गरेको छ । बैंकको विहीबार सम्पन्न साधारण सभाले सो लाभांश पारित गरेको हो ।

बोनस वितरण पश्चात बैंकको चुक्ता पूँजी ८ अर्ब ८८ करोड पुगेको छ । चालु आर्थिक बर्षको प्रथम त्रैमास अवधिमा बैंकले एक खर्ब चार अर्ब ९४ करोड निक्षेप संकलन गरि ८८ अर्ब ७७ करोड कर्जा प्रबाह गरेको छ ।

बैंकले १०८ वटा शाखाहरु, १४ वटा राजश्व संकलन काउण्टर, १ वटा सिडिएससि काउण्टर, १२५ एटिएम, ४ वटा एक्सटेन्सन काउण्टर तथा ४६ शाखा रहित बैंकिङ्ग सेवा प्रदान गरिरहेको छ ।

सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले बिभिन्न स्थानमा शाखा, एक्सटेन्सन काउण्टर तथा शाखारहित बैंकिङ्ग सेवा माफर्त आफ्ना ग्राहकहरु माझ सेवा प्रदान गर्दे आइरहेको छ ।

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स 

विभिन्न देशबाट रेमिट्यान्स सेवा समेत प्रदान गर्दे आइरहेको बैंकले अत्याधुनीक प्रविधियुुक्त भाईवर बैंकिङ्ग सेवा समेत सुरू गरेकाे छ ।

मोबाइल बैंकिंङ्ग सेवा, इन्टरनेट बैंकिंङ्ग सेवाको साथमा अष्टे«लिया र भारतमा प्रतिनिधि/ सर्म्पक कार्यालय स्थापना गरेर ति देशमा रहेका नेपालीहरु माझ सेवा प्रदान गर्दै आईरहेको छ । उसले संयुक्त अधिराज्य लण्डनमा समेत प्रतिनिधि/सर्म्पक कार्यालय स्थापना गरिसकेकोले छिट्टै कारोबार शुभारम्भ गर्न लागेको जनाएकाे छ ।

 

-----------------------------------------------------------------------------------------------------------------------

................ सिद्धार्थ बैंकले ल्यायो ‘मेरो सेयर खाता’, वार्षिक ६ प्रतिशत ब्याजदर  ..................

.................. १२ मेगावाट क्षमताको दोर्दीखोलाको निमार्ण तीन बर्षमा सक्ने लक्ष्य  ..................

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।