पूर्णिमाको प्रतिसेयर आम्दानी २२ रुपैयाँले यसरी घट्यो

Nov 10, 2017 Merolagani

पूर्णिमा विकास बैंकको प्रतिसेयर आम्दानी २२ रुपैयाँले घटेको छ । चुक्ता पूँजीमा ११८ प्रतिशतको वृद्धि गरेको बैंकको नाफाघटेपछि प्रतिसेयर आम्दानी २२ रुपैयाँले घटेको हो ।

रकमलार्इ हजारमा तथा पूँजी काेष अनुपात, सिडी रेसियाे प्रतिशतमा  देखाइएकाे छ ।

बैंकको खुद नाफामा समेत चालु आर्थिक बर्षको प्रथम त्रैमासमा गत बर्षको भन्दा ४० लाख रुपैयाँले घटेको छ । बैकले गत आर्थिक बर्षमा एक करोड ७१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेकोमा अहिले एक करोड ३१ लाखमा सिमित भएको हो । यस अवधिमा बैंकले निक्षेप पाँच प्रतिशत तथा कर्जा लगानी १४ प्रतिशतले बढाएको छ । 

अन्य बैंकहरु जस्तै पूर्णिको समेत व्याज खर्च, कर्मचारी खर्च र अन्य सञ्चालन खर्च बढेपनि निष्कृय कर्जा अनुपात घटाउँदा बैंकको संम्भावित कर्जा नोक्सानी व्यवस्थाको रकम ८ प्रतिशतले घटेको छ ।

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स 

जगेडा कोषमा ९१ प्रतिशतको उल्लेखनिय सुधार गरेको बैंकको प्रतिसेयर नेटवर्थ भने सात रुपैयाँले घटेको छ । पूँजी कोषको लागत ७.३२ प्रतिशतमा पुगेको बैकको कर्जा निक्षेप अनुपात भने घटेको छ ।

 

-----------------------------------------------------------------------------------------------------------------------

................ सिद्धार्थ बैंकले ल्यायो ‘मेरो सेयर खाता’, वार्षिक ६ प्रतिशत ब्याजदर  ..................

.................. १२ मेगावाट क्षमताको दोर्दीखोलाको निमार्ण तीन बर्षमा सक्ने लक्ष्य  ..................

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।