मध्यभोटेकोशीको ३ अर्बको साधारण सेयर कहिले हुन्छ निष्काशन ?

Nov 10, 2017 Merolagani

१० कित्ताका दरले सबै आवेदकलाई सेयर बाँडफाँड गर्न नपुगिरहेका बेला मध्य भोटेकोशीले झण्डै ३ अर्ब रुपैयाँको साधारण सेयर निष्काशन गर्न लागेको हो । पछिल्लो पटक जलविद्युत लगानी तथा विकास कम्पनीले २ अर्ब रुपैयाँको साधारण सेयर निष्काशन गरेको थियो । यो सेयर जलविद्युत लगानी तथा विकास कम्पनीकोपछि सर्वसाधरणमा जारी हुने  ठुलो आकारको हुने देखिएको छ । 

मध्यभोटेकोशी जलविद्युत कम्पनी लिमिटेडले संस्थापक बाहेकको ४९ प्रतिशतले हुने २ अर्ब ९४ करोड रुपैयाँ बराबरको साधारण सेयर निष्काशन गर्न लागेको हो । कम्पनीले उक्त सेयर निष्काशनको प्रस्ताव पारित गर्नका लागि साधारण सभा समेत बोलाएको छ ।

यस अघि नै कम्पनीले उल्लेखित सेयर निष्काशन गर्नका लागि सेयर निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरिसकेको छ ।

कम्पनीले सेयर जारी गर्न प्रभु क्यापिटल, सिभिल क्यापिटल, एस क्यापिटल,सिबिआईएल क्यापिटल, सानिमा क्यापिटल, ग्लोबल आइएमई क्यापिटल र लक्ष्मी क्यापिटललाई सह निष्काशन तथा विक्री प्रवन्धकमा नियुक्त गरेको छ । कम्पनीले उल्लेखित सेयरहरु तीन चरणमा जारी गर्ने जनाएको छ ।

जस अनुसार पहिलो चरणमा कर्मचारी संचय कोषका संचयकर्ताहरुका लागि कुल एक अर्व १७ करोड बराबरको एक करोड १७ लाख कित्ता शेयर, संस्थापक शेयरधनी संस्थाका कर्मचारीका लागि २१ करोड बराबरको २१ लाख कित्ता शेयर र ऋणदाता संस्थाका कर्मचारीका लागि ६ करोड बराबरको ६ लाख कित्ता शेयर जारी गर्नेछ ।

दोस्रो चरणमा आयोजना प्रभावित सिन्धुपाल्चोक जिल्लाका स्थानिय बासीन्दाका लागि  ६० करोड बराबरको ६० लाख कित्ता शेयर जारी गर्ने कम्पनीले जनाएको छ ।

तेस्रो चरणमा कम्पनीले सर्वसाधारण तथा कम्पनीका कर्मचारीहरूका लागि ९० करोड बराबरको ९० लाख कित्ता शेयर जारी गर्नेछ ।

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स 

कम्पनीले सेयर निष्काशन गर्नका लागि आगामी मंसिर १८ गते छैठौ वार्षिक साधारणसभा बोलाएको छ । साधारणसभाबाट सेयर निष्काशन प्रस्ताव पारित भएपछि निष्कासनको प्रक्रिया सुरु हुनेछ ।

कम्पनीले ३ वर्षमा निर्माण पुरा गर्ने लक्ष्य सहित सिन्धुपाल्चोकमा १ सय २ मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माण गरिरहेको छ । नेपाल विद्युत प्राधिकरण, चिलिमे हाइड्रोपावर र सर्वसाधारणको लगानीमा आयोजना निर्माण भैरहेको छ । जसमा सर्वसाधारणको लगानी जुटाउनका लागि सेयर निष्काशन गर्न लागिएको हो ।

चीनको क्वाँङ सी हाइड्रो इलेक्ट्रिक कन्ट्रक्सन व्युरोले आयोजना निर्माणको काम गरिरहेको छ । रन अफ रिभर मोडलको उक्त आयोजनामा ३४ मेगावाट क्षमताका ३ वटा युनिटबाट विद्युत उत्पादन हुनेछ ।

आयोजना निर्माणका लागि ९ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको थियो । जुरेको पहिरो तथा भूकम्पका कारण उक्त रकम बढेर १२ अर्ब नाघ्ने अनुमान गरिएको छ ।

-----------------------------------------------------------------------------------------------------------------------

................ सिद्धार्थ बैंकले ल्यायो ‘मेरो सेयर खाता’, वार्षिक ६ प्रतिशत ब्याजदर  ..................

.................. १२ मेगावाट क्षमताको दोर्दीखोलाको निमार्ण तीन बर्षमा सक्ने लक्ष्य  ..................

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।