आठ अर्ब चुक्तापूँजी पुर्याएको लक्ष्मीले मर्जरका लागि कसलाई बनाउला जोडी ?

Nov 10, 2017 merolagani

राष्ट्र बैंकले तोकेको न्यूनतम आठ अर्ब चुक्तापूँजी पुर्याइसकेको लक्ष्मी बैंक थप पूँजी वृद्धि गर्न उपयुक्त जोडीको खोजिमा रहेको छ । लक्ष्मी बैंकले आह्वान गरेको सत्रौ बार्षिक साधारणसभामा अन्य बैंक तथा वित्तीय संस्थासँग गाभ्ने/गाभिने तथा एक्विजिशन गर्ने प्रस्ताव समेत राखेको छ ।

 

मंसिर २८ गते विहिबार अग्रवाल भवन कमलादी काठमाडौमा हुने साधारणसभाको विशेष प्रस्तावमा अन्य कुनै बैंक वा वित्तीय संस्था एक आपसमा गाभ्ने/गाभिने तथा बैंकले अन्य कुनै संस्थालाई प्राप्ती गर्ने सम्बन्धमा आवश्यक सम्पूर्ण प्रक्रिया पुरा गर्न संचालक समितिलाई दिएको अख्तियारीलाई निरन्तरता दिने उल्लेख छ।

एक समय एभरेष्ट बैंक र लक्ष्मी बैंक मर्जरमा जाने चर्चाले सेयरबजार तातेको थियो ।

बैंकको गएको साधारणसभा अर्थात १६ औ साधारणसभा पनि बैंकको मर्जरको बिषयमा निक्कै बहस भएको थियो । त्यत्तीबेला बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ्गले एभरेष्ट बैंकको नाम उच्चारण नगरी केही बैंकसँग मर्जर तथा प्राप्तीको कुराहरु चलेको र सेयर स्वाप रेसियो निर्धारण भईनसकेको बताएका थिए ।

उक्त साधारणसभामा लक्ष्मी बैंकका पुर्व अध्यक्ष तथा उद्यमी राजेन्द्र खेतानले एभरेष्ट बैंकसँग ५० प्रतिशत सेयर स्वाप रेसियो माग गरेको र उ विदेशी लगानीको बैंक भएकोले सम्पत्ति तथा दायित्वको मूल्याङ्कन प्रतिवेदन अनुसार मर्जर तथा प्राप्ति हुने बताएका थिए ।

एभरेष्टसँग मर्जमा जानेबारे लक्ष्मीको साधारणसभामा यस्तो भयो चर्चा

अघिल्लो बर्ष शतप्रतिशत हकप्रद बिक्री गरेर बैंकले १८.२९ प्रतिशत बोनस बितरण गरेको थियो । गतबर्षको मुनाफाबाट वितरण गर्ने प्रस्ताव गरिएको दश प्रतिशत बोनस पूँजीकृत गराएर बैंकले चालु आर्थिक बर्षको पहिलो त्रैमासमा ८ अर्ब २१ करोड चुक्तापूँजी पुगेको वित्तीय विवरण सार्वजनिक गरिसकेको छ ।

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स 

जस अनुसार बैंकको चुक्ता पूँजी ८ अर्ब २१ करोड रुपैयाँ छ भने जगेडा कोषमा दुई अर्ब १३ करोड रुपैयाँ छ।
बैंकको साधारणसभा प्रयोजनका लागि मंसिर ११ गते सेयर धनी दर्ता पुस्तिका बन्द हुने भएको छ । बैंकले प्रस्ताव गरेको लाभांस पाउन र साधारण सभामा भाग लिन मंसिर दशगतेसम्म बैंकको सेयरधनी कायम भईसक्नुपर्नेछ ।

-----------------------------------------------------------------------------------------------------------------------

................ सिद्धार्थ बैंकले ल्यायो ‘मेरो सेयर खाता’, वार्षिक ६ प्रतिशत ब्याजदर  ..................

.................. १२ मेगावाट क्षमताको दोर्दीखोलाको निमार्ण तीन बर्षमा सक्ने लक्ष्य  ..................

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।