सेयर बजारमा हकप्रद थपिँदै, एकैदिन एक करोड ४७ लाख ९४ हजार कित्ता स्वीकृत

Nov 10, 2017 Merolagani

सांग्रिला डेभलपमेन्ट बैंक, प्रुडेन्सियल इन्स्यारेन्स र सेन्ट्रल फाईनान्सलाई हकप्रद जारी गर्न धितोपत्र बोर्डले एकैदिन अनुमति प्रदान गरेको छ । तीनवटै कम्पनीको गरि कुल एक करोड ४७ लाख ९४ हजार ३७६ कित्ता सेयर केही महिनाभित्रै सेयर बजारमा थपिने भएको छ ।

सांग्रिला डेभलपमेन्ट बैंक (SADBL) ले एक करोड आठ लाख ६७ हजार ७९८ कित्ता हकप्रद बिक्री गर्न अनुमति पाएको हो । सांग्रिला बैंकको सेयर निष्काशन तथा विक्री प्रबन्धक प्रभु क्यापिटल रहेको छ ।

बैंकको हकप्रद निश्कासनपछि चुक्ता पूँजी दुई अर्ब ४३ करोड पाँच लाख रुपैयाँ पुग्नेछ । एक अर्ब ३५ करोड पूँजी रहेको बैंकले ८० प्रतिशत हकप्रद तथा बोनसबाट दुई अर्ब ५० करोड पूँजी कायम गर्ने भएको छ ।

चालु आवको प्रथम त्रैमासमा बैंकले चार करोड १० लाख ६५ हजार रुपैयाँ खुद नाफा कमाएर प्रतिसेयर आम्दानी बार्षिक १२ रुपैयाँ ०९ पैसा कायम गरेको छ । नेप्सेमा विहीबार कम्पनीको सेयरमूल्य प्रतिकित्ता ३४६ रुपैयाँ रहेको छ ।

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स 

यसैगरि प्रुडेन्सियल इन्स्योरेन्स (PICL) को चुक्ता पूँजीको ३० प्रतिशत हकप्रद पनि सेबोनले विहीबार नै स्वीकृत गरेको छ । इन्स्योरेन्सलाई १० बराबर ३ अनुपातमा १२ लाख ८३ हजार ४० कित्ता हकप्रद सेयर बिक्री गर्न बोर्डले अनुमति दिएको हो ।

इन्स्योरेन्सको हकप्रद एनआइसी एसिया क्यापिटलले बिक्री गर्नेछ । ४२ करोड ७६ लाख ८० हजार रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको हकप्रदपछि ५५ करोड ५९ लाख ८४ हजार रुपैयाँ पूँजी कायम हुनेछ । बीमा समितिको निर्देशन अनुरुप कम्पनीले २०७५ असार सम्ममा एक अर्ब रुपैयाँ चुक्ता पूँजी कायम गर्नुपर्ने हुन्छ ।

प्रुडेन्सियलले गत आवमा १७ करोड १३ लाख १९ हजार रुपैयाँ खुद नाफा कमाएर प्रतिसेयर आम्दानी ४० रूपैयाँ ०६ पैसा कायम गरेको छ । नेप्सेमा विहीबार कम्पनीको सेयरमूल्य प्रतिकित्ता १०७४ रुपैयाँ रहेको छ ।

उता सेन्ट्रल फाइनान्स (CFCL) ले चुक्ता पूँजीको ५० प्रतिशत हकप्रद सेयर बिक्री गर्न धितोपत्र बोर्डसमक्ष निवेदन पनि स्वीकृत भएको छ । फाइनान्सलाई एक सय रुपैयाँ दरको २६ लाख ४३ हजार ५३८ कित्ता हकप्रद जारी गर्न अनुमति प्रदान गरिएको हो ।

भक्तपुर फाइनान्सलाई गाभेपछि कायम भएको ५२ करोड ६ लाख ६३ हजार रुपैयाँ चुक्ता पूँजी हकप्रद जारीपश्चात ७८ करोड १० लाख पुग्नेछ । उसलाई ८० करोड पूँजी कायम गर्नुपर्ने छ ।

फाइनान्सले गत आर्थिक बर्ष ९ करोड ९ लाख रुपैयाँ खुद नाफा गरेर प्रतिसेयर आम्दानी १७ रूपैयाँ ४७ पैसा कायम गरेको थियो । नेप्सेमा विहीबार कम्पनीको सेयरमूल्य प्रतिकित्ता १९२ रुपैयाँ रहेको छ ।

-----------------------------------------------------------------------------------------------------------------------

................ सिद्धार्थ बैंकले ल्यायो ‘मेरो सेयर खाता’, वार्षिक ६ प्रतिशत ब्याजदर  ..................

.................. १२ मेगावाट क्षमताको दोर्दीखोलाको निमार्ण तीन बर्षमा सक्ने लक्ष्य  ..................

 

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।