फेवातालको जग्गा अतिक्रमण गर्नेलाई हटाएरै छाड्छौः – मान बहादुर जिसी, मेयर,पोखरा लेखनाथ महानगरपालिका

Nov 10, 2017 merolagani

देश कै सबैभन्दा ठूलो महानगर पोखरा लेखनाथ महानगरपालिकाको मेयरमा निर्वाचित भइसकेपछि मान बहादुर जिसीलाई अरु बिषयमा सोच्ने फुर्सद नै छैन । उनको एउटै मात्र संकल्प महानगरलाई कसरी पर्यटकीय हबका रुपमा विकास गर्ने भन्ने रहेको छ ।

जिसी निर्वाचित भइसके पछि विकासको मेरुदण्डका रुपमा रहेको सडकलाई उनले पहिलो प्राथमिकतामा राखे । सडकमा छाडा चौपया नियन्त्रण, खाल्टा खुल्टी पुर्ने, ट्राफिक व्यवस्थापन सहज पार्ने, ट्राफिक आइल्याण्ड र ट्राफिक लाइट व्यवस्थापन गर्ने तर्फ उनले प्रयास थाले ।

पोखरा–लेखनाथ महानगरको आर्थिक संमृद्धि र विकासका सन्दर्भमा मेयर जिसीसँग मेरोलगनी डट कमका सुरेन्द्र थापापरमेश्वर अधिकारीले गर्नुभएको कुराकानीः–

 

पोखरा-लेखनाथको मेयर भईसकेपछि तपाईले हालसम्म गर्नु भएका मुख्य मुख्य कामहरु के के हुन ?

पहिलो कुरो त हामी आएको बल्ल पाँच महिना हुन लाग्यो । हामी आउनुभन्दा अगाडि लामो समयसम्म निर्वाचित जनप्रतिनिधिहरु नभएको कारणले एउटा अस्तव्यस्तको अवस्था थियो । फेरी हामी आईसकेपछि पनि हिजोको जस्तो स्थानीय निकाय नभएको कारणले ऐन, कानुनहरु बनाउनु पर्ने आवश्यकता थियो । हामी आउने वित्तिकै चालु आर्थिक बर्षको योजना र बजेट बनाउने बिषयमा व्यस्त हुनुपर्यो, र त्यसलाई हामीले पहिलो प्राथमिकतामा राखेर पुरा गर्यौं ।

त्यसबाहेक हामीले छाडा चौपया नियन्त्रण प्रयास थाल्यौं, अझै पुरै व्यवस्थापन भईसकेको छैन । सडकको अस्तव्यस्थता खाल्टा खुल्टी पुर्ने, ट्राफिक व्यवस्थापन सहज पार्ने प्रयास गर्दैछौं । स्मार्ट आइल्याण्ड, ट्राफिक आइल्याण्डका कुराहरु, स्मार्ट ट्राफिक लाइटका कुरा व्यवस्थापन गर्नेतर्फ केन्द्रित छौं ।

स्थानीय तहको चुनावको बेला स्मार्ट सिटीको नारा सबैतिर सुनियो । पोखरालाई पनि स्मार्ट सिटी बनाइने नारा अघि सारियो । के हो यो स्मार्ट सिटी भनेको ? अहिले स्मार्ट सिटीको सन्दर्भमा केही अपव्याख्याहरु पनि हुन थालेका छन् । हामीले चाहेको स्मार्ट सिटी भनेको पोखरालाई पर्यटन हब बनाउने भन्ने हो । यहाँको शिक्षा, स्वास्थ्य, सडकदेखि लिएर पर्यावरणसम्म हरेक कुराहरु योग्य छन् है भन्ने सूचना र जानकारी प्रविधिको माध्यमबाट पर्यटकलाई दिन जरुरी छ ।

पोखराका सडकदेखि होटल तथा पर्यटकीय स्थल सबै ठाउँमा प्रविधिको उपयोग गरेर पर्यटक आफैं जान चाहेको स्थानमा पुग्न सकोस् । पोखराका सबै पूर्वाधारहरुलाई चुस्त दुरुस्त बनाएर प्रविधी मैत्री बनाउन सकियो भने हाम्रो शहर स्मार्ट सिटी बन्नसक्छ भन्ने हाम्रो मान्यता हो । अहिले हामीले तिनै कुराहरुलाई पुरा गर्ने क्रममा लागेका छौ ।

जस्तो ‘फ्रि वाईफाई जोन’ को कुरा छ । त्यसलाई लेकसाईडबाट सुरु गरौं भन्नेमा छौं । किनकी लेकसाईड ‘टुरिज्म हब’ भयो । अर्को कुरा पोखरामा आउने पर्यटक एयरपोर्टमा आउने बित्तीकै उसले म कहाँ जाने ? कुन होटलमा जाने ? यहाँ के के कुराहरु छन् ? सबै कुराको जानकारी पाउन सकोस् । उसले प्रविधि मार्फत आफूले चाहेको सूचना सहज रुपमा पाओस् भन्ने नै हाम्रो उद्देश्य हो । यसका लागि हामीले केही दिन अगाडि मात्रै जापानी कम्पनीसँग अध्ययनका लागि सहकार्य गर्ने सम्झौता गरेका छांै । यो अध्ययनको प्रतिवेदनका आधारमा काम थाल्ने छौं ।

सडक विस्तार गर्नेक्रममा विभिन्न चोकका सालिक उखेल्ने क्रम चलेको छ । भत्काउने अनि फेरि बनाउने क्रम छ । शालिकमाथिको राजनीति किन ?

वास्तवमा सालिकमा राजनीति हुनुपर्ने कुरा होइन । सहिद पनि व्यक्ति विशेष हुने, समुदाय विशेष हुने हुँदैन । सहिदको बुझाई फरक पर्नाले केही कुराहरु उठेका हुन् । त्यसलाई हामी ठूलो विवादको रुपमा लिदैनांै, किनकी पोखरालाई राम्रो बनाउन सबै पक्षधर एकै ठाउँमा उभिनुपर्छ र उभिनु भएको पनि छ ।

उहाँहरुले साथ र सहयोग गर्ने प्रतिवद्धता जनाउनु भएको छ । महानगरपालिकालाई व्यवस्थित गर्ने कुरामा उहाँहरु सबै सहमत हुनुहुन्छ । हाम्रो महानगरको कार्यपालिका बैठकले त्यसलाई नीतिगत रुपमा निर्णय गरिसकेको छ र त्यसलाई कार्यान्वयनको चरणमा लैजानु पर्ने हुन्छ ।

हिजोको अवस्थामा महानगर अस्तव्स्थता थियो । अब त्यसलाई परिमार्जन गर्दै जानु पर्ने हुँदा क्रमिक रुपमा कामहरु भईरहेका छन् । हाम्रो सोच भनेको सहिद स्मारक पार्क कम्तीमा पर्यटकीय गन्तव्य बनोस्, आर्किडेक्च इन्जिनियर राखेर त्यसको डिजाईन तयार गर्ने प्रक्रियामा छौं । त्यहाँ पुगिसकेपछि मान्छे दुई चार घण्टा घुमोस्, हामी त्यसलाई हेर्न लायक र घुम्न लायक बनाउनेमा केन्द्रित छौं । मलाई लाग्छ, यसमा सबैको सहयोग रहन्छ ।

अर्को कुरा ‘आईटि सीटि हब’ बनाउने शिलशिलामा जापानको एक कम्पनीलाई अध्ययन गर्नदिने सम्झौता गरिसकेका छौं । हाम्रा सडक र विभिन्न चोकहरु साँघुरो भएको कारणले गर्दा त्यहाँ रहेका सालिकहरु व्यवस्थापन गर्न महानगर पालिको वडा नं १८ मा करीब करीब सय रोपनी क्षेत्रफलमा राष्ट्रिय विभुति तथा सहिद स्मारक पार्क निमार्ण गरेर अगाडि बढ्ने डिजाईजन भइरहेको छ ।

तर पृथ्वी चोकको सालिक रातारात फालियो, फेरि राखियो, के महानगरले हतारमा गरेको निर्णय थियो, यस्ता कामहरुले महानगरको कार्यशैलीप्रति प्रश्न उठ्न सक्दैन ?

लामो समयसम्म पृथ्वीचोकमा पुथ्वीनारायण शाहको शालिक रह्यो । पछि लखन थापाको राखियो । हाम्रो सोच भनेको आइल्याण्डहरु सानो बनाउने हो । अहिले तुरुन्तै सबै सालिकहरु हटाउने निर्णय गरेको छैन । पृथ्वी चोककै कुरा गर्दा चार पाँच बर्ष पहिला देखिनै राजनैतिक पार्टीहरु, प्रशासनबीच नै आईल्याण्ड सानो बनाउने र सडकले सडकको डिजाईन गर्ने बारे छलफल हुँदै आएको हो । त्यसलाई सानो बनाउने क्रममा त्यहाँ भएको सालिक ढल्न गयो । त्यहाँबाट सालिक फाल्ने भन्ने थिएन । राष्ट्रिय विभुति हो भने सबैको हो । त्यो महानगरको सम्पत्ति हो ।

एकथरी मानिस पृथ्वीनारायण शाहलाई बोक्नु बेकार हो भन्छन् । उनलाई राज्य एकीकरण गरेको वा हडपेको भनेपनि उनले नेपाल राज्यलाई एकीकृत गर्ने भुमिका त गरेको हो नी ! ईतिहास राम्रो नराम्रो दुबै लेखिन्छ । पृथ्वीनारायणको सालिक फाल्ने बेलामा उहाँहरु कहाँ जानु भो ? अहिले प्राविधिक कुरा भिन्न भएको अवस्थामा त्यो कुरा उचाल्नु महानगरको हितमा छैन । महानगरले त्यसको स्वामित्व लिईसकेको छ । भोलि महानगरलाई सुन्दर बनाउने क्रममा सबैको साथ चाहिन्छ । सबैले साथ दिनुहुन्छ भन्ने हाम्रो विश्वास छ ।

पर्यटकीय शहर पोखरामा एउटा गतिलो बसपार्क छैन । पृथ्वी चोकको सालिक उखेल्दा नजिकैको बसपार्क सुधारमा ध्यान खै पुगेको ? पोखरा आउने पर्यटकलाई बसपार्कले कहिलेसम्म गिज्याइरहने ?

अहिले हामीले अस्थायी काम चलाउ गरेर सबै बसहरु बसपार्क भित्र हाल्ने काम अगाडि बढाएका छौँ । बसपार्कको सामान्य मर्मत गरेका छौँ । बसपार्कको क्षेत्र १ सय ९४ रोपनी त भन्ने गछौं तर यसको जम्मा जमिन ३४ रोपनी मात्रै बाँकी छ । त्यही ३४ रोपनीलाई पनि अहिले हामीले सामान्य मर्मत गरेर सडकमा गाडीहरु भित्रबाट छुटाउने, बसको क्यू सडकबाट होइन बसपार्कबाट गराउने, बसपार्कबाट छुटेको ५ मिनेट मै बस आफ्नो गन्तव्यतर्फ लाग्ने गरी व्यवस्थापन गरिसकेका छौँ ।

सबै समस्याहरुको पार लगाएर अर्को बस पार्क नबनाइ सुखै छैन । तर प्रदेश कै ठुलो बसपार्क, क्षेत्रीय बसपार्क भने जस्तो चै बन्ने अवस्था म देख्दिनँ । त्यसको लागि कोत्रेमा हुनसक्छ या अन्त कतै हामी जग्गा खोजी गर्दैछौं ।

सात तालको सहर पोखरामा अब ताल नै हराउन लाग्यो भन्छन् । फेवा ताल अतिक्रमण लगायतका समाचारहरु पनि बाहिर आईरहेका छन् ?

२२ हजार रोपनीको फेवाताल अहिले १० हजार रोपनीमा झरेको छ । तालको मापदण्ड ६५ मिटर भनिएको छ । तालका मापदण्ड भित्र रहेका जमिनको स्वमित्व व्यक्तिको नाममा छ । बल जफ्ती दर्ता गरेर आफ्नो नाममा ल्याएका हुन भने त्यसलाई खारेज गरिन्छ, गरिनुपर्छ । हैन भने पैतृक सम्पती आफ्नै स्वमित्वको हो भने राज्यले उनीहरुलाई क्षतिपूर्ति दिएर भए पनि तालको मापदण्ड रहेको ६५ मिटर कायम गर्नु पर्दछ ।

पामेतिर जानेतर्फ बाटोभन्दा तल घरहरु बनेका छन् । त्यसमा चै ल्याण्ड पोलिङ गरेर बाटो मुनिका घरहरु झिकिनु पर्दछ । विभिन्न रिपोर्टहरुले तीन हजार रोपनी जति जग्गा अधिग्रहण गर्नुपर्ने भनेको छ । त्यो कार्य गर्नुपर्छ तालको संरक्षणको लागि । अर्कोतर्फ माथिबाट आउने पहिरोहरुले गर्दा पनि तालको संरक्षण गर्न कठीनाई भईरहेको छ । त्यसलाई रोक्नका लागि पनि केही न केही गर्नैपर्ने भएको छ । ‘मास्टर प्लान’ बनाएर अगाडि बढ्न हामी लागि परेका छौँ ।

पर्यटकीय क्षेत्रबाट उठेका रकम महानगरले कहाँ खर्च गरिरहेको छ ? उठेको पैसा सम्बन्धित ठाउँमा खर्च भएन भन्ने गुनासाहरु छन नि ?

त्यस्ता शुल्कहरु व्यक्तिको नाममा अहिलेसम्म उठाईदै आइरहेको पाइयो । अहिले हामी पर्यटन शुल्क एकीकृत ढंगबाट संकलन गर्ने र सो रकमलाई सोही क्षेत्रको बिकासका लागि कसरी परिचालन गर्ने भन्ने बिषयमा छलफल भैरहेको छ । म आइसकेपछि पर्यटकीय क्षेत्र त भन्ने तर पर्यटकलाई आकर्षित गर्ने कुरातर्फ हाम्रो ध्यानै पुगेको छैन । दोस्रो कुरा पर्यटकीय क्षेत्र भनेको लेकसाईड मात्रै हो भन्ने हाम्रो बुझाई रहेको छ ।

फेवा ताल जस्तो वेगनाश ताल किन बन्न सकेन ? यी तालहरुलाई जोडेर कनेक्टीभिटीयुक्त लेक सिटीको बिकास गर्न किन सकिएन ? प्रकृतीले दिएका वस्तुलाई संरक्षण गर्न र बिक्री गर्न हामीले सकिरहेका छैनौं । यो विडम्वना हो । गुप्तेश्वरभन्दा तल ३ वटा पोखरीहरु छन् । ती पोखरीहरुलाई जोडेर ७०/८० मिटर लामो पोखरी बनाइयो भने त त्यहाँ बोटिङ गराउन सकियो नी त यता तर्फ हाम्रो ध्यान जान जरुरी छ ।

अर्को कुरा वेगनास र रुपाताल पनि त महत्वपूर्ण ताल हुन तिनलाई लिएर हामीले ‘मास्टर प्लान’ बनाउने की नबाउने त्यो पनि बिचार गर्न जरुरी छ । चार वर्षमा अन्तराष्ट्रिय विमानस्थल त बन्ला अनि पर्यटकहरु पनि आउन थाल्लान् अनि उनीहरुलाई हेर्न चै के दिने ? उनीहरुको गन्तव्य चै के हो त ? प्राकृतिक रुपमा त होलान तर हामीले खान बस्नको लागि व्यवस्था गर्न त पर्यो । यो बारेमा हामीले अहिल्यै गरेनौं भने भोलि उनिहरु आएपछि गरौँला भनेर त हुँदैन । हामी काम गर्न कोषिश गर्दैछौँ ।

फेवाताल तथा बेगनास तालको वरपर ‘फुड कोर्ट’ बनाउन सक्छौँ । साईकल ट्रयाक बनाउन सक्छौँ । जसले गर्दा पर्यटक त्यहाँ भुल्छन हाम्रो आम्दानी बढ्छ । हामीले मानव निर्मित संरचनाहरु बनाउन सकेनौँ वा बेलैमा सचेत रहेनौं भने अवस्था भयवह हुनसक्छ । हिमाल कालो हुँदैछ, फेवाताल खुम्चिएर सानो भएको छ । २२ हजार क्षेत्रफलको ताल १० हजारमा आयो भने भोली त्यो शून्यमा जाँदैन भन्ने ग्यारेन्टी के छ ? प्राकृतिक रुपमा हामी नासिँदै गईरहेका छौँ । मानव निर्मित पर्यटकीय संरचना निर्माण अब पहिलो प्राथमिकतामा राख्नु जरुरी छ ।

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स 

पोखरालाई स्मार्ट सिटीका साथै पर्यटकीय हबको रुपमा विस्तार गर्न यहाँले अघि सारेका योजना र कार्यक्रम सहारनीय छन् । जिम्मेवारी समालेको पनि लामो समय भएको छैन, साच्चै नारा लगाउन र काम गर्न उत्तिकै सजिलो छ ?

मैले भर्खरै मात्र जिम्मेवारी सम्हालेको हुँ । बहुमत मतले नगरको जिम्मेवारी सम्हाल्न आएको मान्छेलाई काम गर्न कठीनाई छैन । महत्वपूर्ण कुरा भनेको सर्वसाधारणको हितमा मैले गरेका कार्यहरु हुन्छन की हुँदैनन् भन्ने कुराले मेरो सहजता र असहजताको प्रश्न उठ्छ । हेर्नुहोस् सबै कुरामा राजनीति हाबी भएको अवस्था छ । जस लिनका लागि वा काममा अबरोध गर्नका लागि केही अप्ठेराहरु आउन सक्छन तर धेरै मान्छेको हित हुन्छ भने सिमित मान्छेको स्वार्थलाई हेरेर बस्ने खालको स्वभाव ममा छैन । भरसक सबैलाई न्याय होस भन्ने चाहन्छु सबैको सहयोगको खाँचो छ ।

वडा र टोल स्तरबाट छलफल गरेका योजनाहरु महानगरले वेवास्ता गरेर आफ्नै हिसाबले अगाडी बढेको अझ भन्नु पर्दा महानगरका कर्मचारी हाबी भएको भन्ने गुनासाहरु छन केहो ?

काम गराईको तरिका हाम्रो पुरानै छ । सबै स्थानमा त्यसतै भएको हो भन्ने म मान्दिन तर केही ठाउँमा त्यस्तो भयो पनि होला । त्यस माथि महानगर त समन्वय गर्ने मात्रै हो । सबै कामहरु वडाले नै गर्छ । कमै मात्र सेवाग्राही महानगरमा आउछन सबै कार्यहरु वडाबाटै हुने गरि काम गर्दैछौँ । हामी एउटा योजना आयोग जस्तो बनाएर अगाडी बढ्दै छौँ । महानगर मनिटरिङ मात्रै गर्छ । वडाबाट आएका योजना परेनन् भन्ने कुरा ठिक हो जस्तो लाग्दैन । सबै भन्दा पहिलो प्राथमिकता सडक सञ्जाललाई दिएको चै पक्का हो । त्यसले गर्दा केही योजना पछाडि धकेलिए होलान् ।

 

----------------------------------------------------------------------------------------------------------------------

................ सिद्धार्थ बैंकले ल्यायो ‘मेरो सेयर खाता’, वार्षिक ६ प्रतिशत ब्याजदर  ..................

.................. १२ मेगावाट क्षमताको दोर्दीखोलाको निमार्ण तीन बर्षमा सक्ने लक्ष्य  ..................

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।