हिमालयन बैंकमा चुलियो विवाद, कुर्सी तानातानलाई नियामकले कसरी मिलाउलान् ?

Nov 10, 2017 Merolagani

हिमालयन बैंकभित्र सुरु भएको किचलोले उग्र रुप लिएको छ । बैंकमा चौथो ठुलो हिस्सा रहेको म्युचुुअल ट्रेडिङ कम्पनी प्रालिले सिफारिस गरेको व्यक्तिलाई सञ्चालक नियुक्त गर्न बैंक सञ्चालक समितिले अस्वीकार गरे पछि बैंक मुद्धाको किचलोमा फस्न लागेको हो ।

११.८५ प्रतिशत सेयर स्वामित्व रहेको म्युचुुअल ट्रेडिङ कम्पनी प्रालिले आफ्नो तर्फबाट प्रसाद ज्ञवालीलाई सञ्चालकको रुपमा मनोनीत गरेको सम्बन्धमा बैंकलाई लिखित रुपमा २०१७ अगस्ट २० मा दिएको थियो । कम्पनीको उक्त प्रस्तावलाई बैंक सञ्चालक समितिले अस्वीकार गर्दै ज्ञवालीलाई सञ्चालक नियुक्त गर्न नसकिने जवाफ सेप्टेम्बर १८ मा कम्पनीलाई पठाएको थियो । आफ्नो निर्णय बैंकले कार्यान्वायन नगराए पछि म्युचुुअल ट्रेडिङ कम्पनी प्रालि कम्पनी रजिष्ट्रारको कार्यालयको शरणमा पुगेको छ ।

उल्लेखित फोटोहरु प्रष्ट नभएको खण्डमा फोटोमा क्लिक गर्नुहोला । अन्य कागजातहरु मेरोलगानीसँग सुरक्षित छन् ।

                     -म्युचुअल ट्रेडिगं कम्पनीले प्रसाद ज्ञवालीलाई सञ्चालक नियक्त गर्न बैंकमा पठाएको प्रस्ताव ।

 

                     - बैंकले कम्पनीलाई पठाएको जवाफ ।

सञ्चालक समितिमा निश्चित संख्याका व्यक्तिलाई मात्र संचालक बनाउन पाउने बैंक तथा वित्तीय संस्था सम्बन्धि ऐनको व्यवस्था अनुसार कम्पनीको प्रस्ताव स्वीकार्य नभएको जवाफ बैंकले दिएको छ । बाफियाको प्रावधान अनुसार बैंकमा ७ जना मात्र सञ्चालक रहने व्यवस्था छ । अहिले बैंकमा ७ जना सञ्चालक कायम भैसकेका छन् । कम्पनीले आफुहरुलाई वाईपास गरेर मनोमानी गरिएको भन्दै नियामकसँग हारगुहार गरेको हो ।

कम्पनीले आफु चौथो ठुलो सेयरधनी भए पनि बैंकले कम्पनीको निर्णयलाई कार्यान्वायन नगरेको भन्दै विशेष साधारण सभा बोलाइदिन आग्रह समेत गरेको छ । साधारण सभाबाट तत्काल नयाँ कार्यसमिति चयन गराउन पनि उसले बैंक व्यवस्थापन तथा कम्पनी रिजष्ट्रारको कार्यालयलाई आग्रह गरेको छ । बैंकले उक्त निवेदन गत असोज ४ गते बैंक सञ्चालक समितिमा पठाएको थियो । बैंकले यस सम्बन्धमा सुनुवाई नगरे पछि कम्पनी रजिष्ट्रारको कार्यालयमा गत असोज २२ गते आफ्नो निर्णय कार्यान्वायन गराई दिन भन्दै निवेदन परेको हो । उक्त निवेदन नेपाल राष्ट्र बैंकका साथै धितोपत्र बोर्डमा पनि बुझाइएको छ ।

                      - कम्पनी रिजष्ट्रारको कार्यालयमा कम्पनीले बुझाएको निवेदन । पुर्ण विबरण सुरक्षित छ ।

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स 

चौथो धेरै सेयर स्वामित्व भएको कम्पनीले बैंक तथा नियामकहरुलाई समस्या सुल्झाईदिन आग्रह गरे पनि अहिलेसम्म कुनै निकायबाट जवाफ आएको छैन । उसले म्युुचुुअल ट्रेडिङ कम्पनी प्रालिको भन्दा थोरै सेयर रहेकाहरुलाई सञ्चालक बनाइएको भन्दै आफुहरुको भनाईमा बैंक गैरजिम्मेवार ढंगले प्रस्तुत भएको आरोप कम्पनीले लगाएको छ । उसले सेयरधनीको योगदानको हैसियतका आधारमा सञ्चालक समितिको पुनरगठनको माग गरेको हो । कम्पनीले असोज ४ गतेको पत्र मार्फत बैंकलाई विशेष साधारण सभा बोलाउन माग गरेको थियो । साधारण सभा बोलाउने क्रममा बैंक सञ्चालक समितिले कानुनी व्यवस्था अनुसार कम्पनीलाई विषय अवगत नगराएको कम्पनीको आरोप छ ।

यस अघि पनि बैंकमा अध्यक्ष र प्रमुख कार्यकारी अधिकत दुई खेमामा रहेको भन्दै विवाद चुलिएको थियो । अहिले बैंकका अध्यक्ष श्रेष्ठ १२ वर्षभन्दा लामो समयदेखि बैंकको अध्यक्षमा रहेर बैंक कब्जा गर्न खोजेको आरोप म्युचुअल ट्रेडिगं कम्पनीले लगाएको हो । यस सम्बन्धमा आवश्यक सबै कागजातका आधारमा सबै पक्षसँग मेरोलगानीले कुरा गर्न खोज्दा प्रतिकृया दिन मानेका छैनन् ।

धेरै सेयर धारण गर्ने चार समुहले पालो गरेर बैंक सञ्चालक समितिको नेतृत्व सम्हाल्ने सम्झौता अनुसारको व्यहोरा बैंकको प्रबन्धपत्र तथा नियमावलीमा उल्लेख छ । तर उक्त व्यवस्था विपरित अध्यक्ष श्रेष्ठले अरुलाई पाखा लगाउने गरेको भन्दै ट्रेडिगं कम्पनी आफ्नो अस्तित्व बचाउन कानुनी बाटोमा लागेको हो । कम्पनीको निवेदन उपर सबै निकायहरुले कुनै निर्णय नगरी लामो समय चुपचाप बसेका कारण बैंकमा चुलिएको विवादले कस्तो रुप लिएला भन्ने चासो बैंकका अरु लगानीकर्तामा बढेर गएको छ ।

- बैंकमा कसको सेयर स्वामित्व कति ?

-----------------------------------------------------------------------------------------------------------------------

................ सिद्धार्थ बैंकले ल्यायो ‘मेरो सेयर खाता’, वार्षिक ६ प्रतिशत ब्याजदर  ..................

.................. १२ मेगावाट क्षमताको दोर्दीखोलाको निमार्ण तीन बर्षमा सक्ने लक्ष्य  ..................

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।