महुली लघुवित्तको बोनसपछि कतिमा भयो मूल्य समायोजन ?

Nov 12, 2017 Merolagani

महुली लघुवित्त (MSLB) को सेयरमूल्य आईतबार समायोजन भएको छ । नेपाल स्टक एक्सचेञ्जले कम्पनीले गत आर्थिक बर्षमा वितरण गरेको ५० प्रतिशत बोनसपछि सेयरमूल्य समायोजन गरेको हो ।

नेप्सेले बोनसपछि लघुवित्तको समायोजित सेयरमूलय १३७१ रुपयाँ कायम भएको जनाएको छ । लघुवित्तको औषत आधारमूल्य भने ७३५ रुपैयाँ रहेको छ । गत विहीबार लघुवित्तको सेयरमूलय प्रतिकित्ता २०५६ रुपैयाँ रहेको थियो । 

महुलीले मंसिर ९ गते पाँचौ बार्षिक साधारण सभा डाकेको छ । सभाबाट पारित हुने ५० प्रतिशत बाेनस कात्तिक २३ गते विहीबारसम्म कायम रहेका सेयरधनीले मात्र प्राप्त गर्नेछन् । चार करोड रुपैयाँ चुक्ता पूँजी कायम गरेको लघुवित्तको बोनसपछि ६ करोड रुपैयाँ चुक्ता पूँजी पुग्नेछ ।

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स 

लघुवित्तले बोनसपछि कायम हुने चुक्ता पूँजीको शतप्रतिशत हकप्रद जारी गर्ने प्रस्ताव समेत गरेको छ । यो हकप्रद समेत जारी गर्दा कम्पनी ९ करोडको हुनेछ ।

गत आर्थिक बर्षमा चार करोड ३१ लाख ६९ हजार रुपैयाँ खुद नाफा कमाएर लघुवित्तले प्रतिसेयर आम्दानी १०७ रुपैयाँ ९२ पैसा कायम गरेको छ ।

 

----------------------------------------------------------------------------------------------------------------------

................ सिद्धार्थ बैंकले ल्यायो ‘मेरो सेयर खाता’, वार्षिक ६ प्रतिशत ब्याजदर  ..................

.................. १२ मेगावाट क्षमताको दोर्दीखोलाको निमार्ण तीन बर्षमा सक्ने लक्ष्य  ..................

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।