गुरु न्यौपानेले श्रीमति नचिनेपछि रोकिएको जनता बैंकको सेयर लिलाम अब के होला ?

Nov 12, 2017 Merolagani

आफ्नी श्रीमतिको नाममा भित्री कारोबार गरी किनेको सेयर जोगाउन गुरु न्यौपाने अदालत गए पछि सयौं लगानीकर्ताको पैसा फसेको छ । जनता बैंकले कात्तिक १५ देखि लिलाममा राखेको सेयरका लागि ८ सय ढी आवेदन परेको थियो । धेरै पब्लिक कम्पनीको नेतृत्वमा रहेका न्यौपानेले अदालत गुहारे पछि लिलाममा पैसा हालेकाहरु जिल्ल परेका हुन् ।

जनता बैंकमा सञ्चालक छँदा श्रीमती सुमित्राका नाममा किनेको सेयर जफत हुनबाट जोगाउन न्यौपानेले पारपाचुकेको जुक्ति निकालेका थिए । न्याैपानेले सेयर किनेको समयभन्दा  पहिले नै पारपाचुके भएको कागजात  बनाए वा अहिले बनाउने प्रकृयामा छन् प्रष्ट भएको छैन । तर उनले जसरी कागजात बनाए पनि किर्ते हुने आधार देखिन्छ । उनले अन्य व्यक्तिका नाममा किनेको सेयर पनि यसरी नै फर्जी कागजात बनाएर जोगाएका थिए ।

अहिले न्यौपानेले श्रीमतिसँग कुनै सम्बन्ध नरहेको र चिन्दै नचिनेको भने पछि जफत भएको सेयर लिलाम प्रकृया रोकिएको हो । न्यौपानेले अदालतमा प्रकृया रोक्न अपील गरेपछि जारी भएको अन्तरिम आदेशसँगै लगानीकर्ता अन्यौलमा परेका छन् ।

बैंकको सेयर निष्काशन तथा बिक्री प्रबन्धक काठमाण्डौं क्यापिटलका अनुसार बैंकको सेयर लिलामीबाट किन्नका लागि ८ सयको हाराहारीमा आवेदन परेको छ । अदालतको आदेश पछि फसेको लगानीकर्ताको पैसा के गर्ने भन्नेमा क्यापिटल जानकार छैन । उसले बैंककाे निर्देशन अनुसार प्रकृयामा जाने बताएको छ ।

उता जनता बैंकले भने मुद्धा मामिलाको विषय धेरै लम्बिन सक्नेभन्दै सबै आवेदकको पैसा फिर्ता गर्ने तयारी थालेको छ । बैंकका एक उच्च अधिकारीका अनुसार न्यौपानेले गरेको बदमासीको भार लिलामीका आवेदकलाई किन बोकाउने भन्ने निष्कर्षमा बैंक पुगेको छ । उसले सोमबार नै सूचना प्रकाशित गरी लिलामीमा आवेदन गरेकाहरुको पैसा फिर्ता प्रकृया सुरु गर्ने बताइएको छ ।

कुनै समयको एनबी समूहको शैलीमा गुरु न्यौपानेले लगानीकर्तालाई आतंकित पार्न थाले पछि उनीप्रतिको विश्वास घट्न थालेको छ । अझ श्रीमतिसँग पारपाचुके प्रकरणमा न्यौपाने अझै समस्या पर्ने सम्भावना छ ।

- सम्बन्धित पुराना सामग्री

गुरु न्यौपानेबाट जफत जनता बैंकको सेयर लिलामी प्रक्रिया रोकियो

गुरु न्यौपानेले किन गर्दैछन् जनता र राष्ट्र बैंक विरुद्ध मुद्धा हाल्ने तयारी ?

जनता बैंकले लिलाममा ल्यायो गुरु न्यौपानेबाट जफत गरेको सेयर

गुरु न्यौपानेको ८५ हजार कित्ता सेयर जनता बैंकले जफत गर्ने, बैंकिङ कसुर प्रमाणित

जनता बैंक संचालक समितिले गुरुप्रसाद न्यौपानेको "अपराध" लुकाउने प्रयास गरेपछि साधारणसभामै बबण्डर

गुरुप्रसाद न्यौपानेले बैंकिङ कसुर गरेको प्रमाणित, जनता बैंकले सेयर जफत गर्ने 

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।