खुद नाफा घटेपछि बैंंकको प्रतिसेयर आम्दानी २३ रुपैयाँ १ पैसाबाट घटेर ८ रुपैयाँ ९६ पैसामा झरेको छ । समीक्षा अवधिमा बैंकले ११ अर्ब ३५ करोड निक्षेप संकलन गरी १० अर्ब १६ करोड कर्जा परिचालन गरेको छ । अघिल्लो वर्ष यही अवधिमा बैंकले ७ अर्ब ९६ करोड निक्षेप संकलन गरी ६ अर्ब ७४ करोड कर्जा परिचालन गरेको थियो ।
बैंकको सञ्चालन नाफा भने गत बर्षभन्दा दुई करोड ८२ लाख रुपैयाँ घटेर ५ करोड ८ लाखमा खुम्चिएको छ । खूद ब्याज आम्दानी भने बैंकले ११ करोड ७१ लाख रुपैयाँबाट बढाएर १२ करोड ६ लाख रुपैयाँ पुर्याएको छ ।
निष्कृय कर्जा अनुपात ३.४४ बाट १.७९ प्रतिशत घट्न पुगेको छ । तर बैंकको कर्जा नोक्सानी कोषको रकम ४० लाख रुपैयाँबाट बढेर ४ करोड १० लाख व्यवस्था गर्नुपरेको देखिएकाे छ ।
यस अवधिमा बैंकको प्रतिसेयर नेटवर्थ १३५ रुपैयाँ २१ पैसा र मूल्य आम्दानी अनुपात २८.४५ गुणा कायम भएको छ ।
८८ कराेड रूपैयाँबाट चुक्ता पूँजी ६४ प्रतिशतले बढाएर एक अर्ब ४४ करोड रुपैयाँ कायम गरेको बैंकको जगेडा कोष समेत २० करोड रुपैयाँले बढेको छ ।
-----------------------------------------------------------------------------------------------------------------------
................ सिद्धार्थ बैंकले ल्यायो ‘मेरो सेयर खाता’, वार्षिक ६ प्रतिशत ब्याजदर ..................
.................. १२ मेगावाट क्षमताको दोर्दीखोलाको निमार्ण तीन बर्षमा सक्ने लक्ष्य ..................