सिभिल बैंकले हकप्रदका लागि तोक्यो बुकक्लोज

Nov 13, 2017 Merolagani

४० प्रतिशत हकप्रद निष्काशन गर्नका लागि सिभिल बैंकले सेयरधनी पुस्तिबा बन्द गर्ने मिति निर्धारण गरेको छ । धितोपत्र बोर्डबाट केही समय अघि हकप्रद निष्काशनको अनुमति पाएको बैंकले हकप्रद निष्काशनको मिति भने तोकेको छैन ।

बैंकले आगामी मंसिर ५ गते सेयरधनी पुस्तिका बन्द गर्ने निर्णय गरेको हो । अहिले दोस्रो बजारमा सिभिलको प्रतिकित्ता सेयर २३० रुपैंयामा किनबेच भैरहेको छ । हकप्रद सुरक्षित गर्न चाहनेहरुले मंसिर ४ गते सोमबारसम्ममा सेयर खरिद गर्नु पर्ने हुन्छ ।

सिभिलले १० बराबर ४ कित्ता अनुपातमा एक सय रुपैयाँ अंकित दरको २ करोड ७ लाख ४० हजार ८ सय ८६ दशमलव ७५ कित्ता सेयर बिक्री गर्न लागेको हो । हकप्रद विक्रीका लागि बैंकले लक्ष्मी क्यापिटल मार्केटलाई बिक्री प्रबन्धक नियुक्ति गरिसकेको छ ।

हाल बैंकको चुक्ता पुँजी ५ अर्ब १८ करोड ५२ लाख २२ हजार रुपैयाँ रहेको छ । ४० प्रतिशत हकप्रद बिक्रीपछि बैंकको चुक्ता पुँजी ७ अर्ब २५ करोड ९३ लाख १० हजार ८ सय रुपैयाँ पुग्नेछ ।

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स 

राष्ट्र बैंकले तोकेको पूँजी कायम गर्न बाँकी ७४ करोड रुपैयाँ बैंकले चालु आर्थिक बर्षको नाफाबाट बोनस वितरण गरेर पुर्याउनेछ ।

-----------------------------------------------------------------------------------------------------------------------

................ सिद्धार्थ बैंकले ल्यायो ‘मेरो सेयर खाता’, वार्षिक ६ प्रतिशत ब्याजदर  ..................

.................. १२ मेगावाट क्षमताको दोर्दीखोलाको निमार्ण तीन बर्षमा सक्ने लक्ष्य  ..................

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।