२५ करोड ६८ लाख रुपैयाँबाट ३८ करोड ६३ लाख रुपैयाँमा चुक्ता पूँजी बढाएको फाइनान्सले समीक्षा अवधिमा निक्षेपको आकार ९४ करोडवाट १ अर्व १२ करोडमा पुर्याएको छ ।
उसले कर्जा लगानी ८८ करोड ८ लाख रुपैयाँवाट १ अर्व ८ करोड ७५ लाख रुपैयाँमा बढाएपनि व्याज आम्दानीलाई खर्चले धान्न नसक्दा खुद व्याज आम्दानीमा २४ लाख रुपेयाँले गिरावट आउँदा १ करोड ३० लाख रुपैयाँमा सिमित भएको छ ।
सञ्चालन नाफा नै ऋणात्मक बनिसकेपछि स्टाफ खर्च, अन्य सन्चालन खर्च र संभावित जोखिमका लागि थप रकम छुट्याउँदा खुद नाफा झनै क्रणात्मक हुन पुगेको हो । फाइनान्सको पूँजी कोषको लागत ६.४६ बाट १०.२१ प्रतिशतमा बढेको छ ।
फाईनान्स समीक्षा अवधिमा ७.०५ प्रतिशत रहेको निष्कृय कर्जा अनुपातलाई ३.४५ प्रतिशतमा झार्न सफल भएको छ ।
-----------------------------------------------------------------------------------------------------------------------
................ सिद्धार्थ बैंकले ल्यायो ‘मेरो सेयर खाता’, वार्षिक ६ प्रतिशत ब्याजदर ..................
.................. १२ मेगावाट क्षमताको दोर्दीखोलाको निमार्ण तीन बर्षमा सक्ने लक्ष्य ..................