एनआईसी एसिया बैंकको अनलाइन बचत खाता, अनलाइनबाटै पैसा जम्मा गर्न सकिने

Nov 13, 2017 Merolagani

एनआईसी एशिया बैंकले अनलाइन बचत खाताको सुरुवात गरेको छ । देश विदेशमा रहेकाहरुलाई सहज रुपमा खाता सञ्चालन गर्न सकुन् भन्ने उद्धेश्यले यस्तो सेवा सुरु गरिएको बैंकले जनाएको छ ।

शुन्य मौज्दातमा ग्राहक बैंकमा उपस्थित नभईकनै खाता खोलि खाता नम्बर प्राप्त गर्न सक्ने बैंकले जनाएको छ । यसरी खोलिएको खातामा अनलाईन मार्फत रकम जम्मा गर्न सकिने बताइएको छ । 

अनलाइन बचत खाताको सुरुवातसँगै ग्राहकहरुले आफुले चाहेको समयमा बैंकको वेब साइटमा गई तुरुन्त खाता खोल्ने फारम भरी सजिलै खाता खोल्न सक्छन् ।

बैंकका देशभरका १३६ शाखा, ४ विस्तारित काउण्टर, १४१ एटीएम, ३ शाखारहित बैंकिङ्ग सेवा र ४०५ भन्दा बढी पिओएस मेशिनमार्फत ३ लाख ६० हजार बढी सेवाग्राहीले वित्तीय सेवा पाई रहेका छन् ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।