कर्जा प्रवाह तथा निक्षेप संकलन दोब्बर हाराहारीमा बढ्दा बैंकको कुल व्याज आम्दानी झण्डै ३ गुणाले बढेको छ । तर निक्षेपको व्याजदर बढोत्तरीको असरले बैंकको व्याज खर्च ४ गुणाभन्दा धेरै बढेपछि खुद व्याज आम्दानीको आकार घटेको छ ।
धेरै संस्थासँगको मर्जरका कारण बैंकको कर्मचारी खर्च तथा सञ्चालन खर्चको आकारमा तिब्र बढोत्तरी देखिएको छ । खुद व्याज आम्दानी घटेको अवस्थामा खर्चका विभिन्न शिर्षकमा आएको तिब्र बढोत्तरीले बैंकको सञ्चालन मुनाफा १७ करोड ४ लाख बाट १ करोड २५ लाख रुपैयाँमा झरेको छ । यो अवस्था बैंकका लागि राम्रो संकेत हैन ।
झण्डै साढे १ करोड रुपैयाँ गैरसञ्चालन मुनाफा गरी २३ करोड १४ लाख रुपैयाँ खराब कर्जा असुलेपछि बैंकको कमाई सकरात्मक बनेको हो । गत आर्थिक वर्षमा १२ करोड ९० लाख रुपैयाँ खुद नाफा कमाएको बैंकले यस पटक १६ करोड ४५ लाख ८३ हजार रुपैयाँ खुद नाफा कमाएको हो ।
समीक्षा अवधिमा मर्जरबाट चुक्ता पूँजी झण्डै दोब्बरले बढ्दा कमाई झिनो अंकले मात्र बढेपछि बैंकको प्रतिसेयर आम्दानीमा संकुचन आएको छ । गत आर्थिक वर्षको यसै अवधिमा २१ रुपैयाँ ९३ पैसा रहेको प्रतिसेयर आम्दानी अहिले १४ रुपैयाँ ७ पैसामा खुम्चिएको छ । ८ अर्ब पूँजी पुर्याउन बैंकले ५० प्रतिशत हकप्रद निष्काशन गर्ने प्रकृयामा छ ।
समीक्षा अवधिमा बैंकको खराब कर्जा अनुपात ०.९६ प्रतिशतबाट ४.२९ प्रतिशतमा उक्लिएको छ । यो संकेतले बैंक अझै खराब कर्जा असुलीमा असफल भएको देखिन्छ । यद्यपि गत आर्थिक वर्षको चौथो त्रैमाससँग तुलना गर्ने हो भने यो अनुपातमा केही सुधार भएको छ । सुधारको यो क्रम निरन्तर चलिरहेको अवस्थामा बैंक निश्चित समयमा खराबर्जा मुक्त हुने आश गर्न सकिन्छ ।
-चित्रमा दायाँबाट क्रमिशः गत आर्थिक वर्षको पहिलो त्रैमासदेखि गत असोज मसान्तसम्मका ५ त्रैमासको तथ्यांक देखाइएको छ ।
बैंकको जगेडा कोषमा २ अर्ब ७२ करोड ४६ लाख रुपैयाँ सञ्चित छ । ५० प्रतिशत हकप्रद पश्चात कायम हुने पूँजीलाई जगेडाको सदुपयोग गरी ८ अर्ब पूँजी पुर्याउने योजनामा बैंक छ ।
बैंकको लागत कोष बढेर ८.२१ प्रतिशत, कर्जा निक्षेप अनुपात ७०.८३ र आधार ब्याजदर ११.४३ प्रतिशत पुगेको छ ।
-----------------------------------------------------------------------------------------------------------------------
................ सिद्धार्थ बैंकले ल्यायो ‘मेरो सेयर खाता’, वार्षिक ६ प्रतिशत ब्याजदर ..................
.................. १२ मेगावाट क्षमताको दोर्दीखोलाको निमार्ण तीन बर्षमा सक्ने लक्ष्य ..................