एशियन लाइफकाे नयाँ बीमा योजना, ९ रुपैयाँ बचतले १० लाखको बीमा

Nov 14, 2017 Merolagani

एशियन लाइफ इन्स्योरेन्सले नयाँ जीवन बीमा योजना ल्याएको छ । कम्पनीले सेवाग्राहीको मागलाई मध्यनजर गर्दै दैनिक ९ रुपैंयाभन्दा थोरै बचतमा १० लाखको बीमा गर्न सकिने योजना ल्याएको हो ।

सरल सुरक्षा (म्यादी जीवन बीमा योजना) बाट बीमा गर्न चाहने सामान्य नागरिकले पनि सेवा पाउने विश्वास कम्पनीले लिएको छ । बीमा गराउनेको संख्या बढ्दो अवस्थामा रहे पनि आर्थिक अवस्थाका कारण बीमा गराउन नसक्नेहरुलाई यो योजनाले सहजै समेट्ने विश्वास कम्पनीले लिएको छ । यसका अलावा सानो बचतले पनि बीमा सम्भव छ भन्ने सन्देश बीमाका ग्राहकसम्म पु¥याउन यस योजनाले सहयोग पुग्ने अपेक्षा कम्पनीको छ ।

सरल सुरक्षा योजनाका बिशेषताहरु

न्यूनतम प्रवेश उमेर         : १६ वर्ष

अधिकतम प्रवेश उमेर     : ६० बर्ष

अधिकतम बीमा समाप्ति उमेर : ६१ बर्ष

बीमा अवधि                 : १ बर्ष

न्यूनतम बीमाङ्क           : रु.२,५०,०००।–

अधिकतम बीमाङ्क       : बीमितको आर्थिक स्थितिको आधारमा गरिने छ ।

बीमाशुल्क भुक्तानी गर्ने तरिका : वार्षिक

रकम भुक्तानी दिने अवस्था : बीमा अवधि भित्र बीमितको मृत्यु भएमा बीमाङ्क रकम भुक्तानी दिइने छ ।

उमेर अनुसारको बीमाशुल्क भुक्तानी गरी प्रत्येक बर्ष बीमालेख नबिकरण गराउन सकिने ब्यवस्था यस योजनामा रहेको छ । यस अघि एशियन लाईफ इन्स्योरेन्सले १५ वटा जीवन बीमा योजनाहरु  ल्याइसकेकाे छ । हाल यस कम्पनीले २५ वटा शाखा र ७० वटा उपशाखाहरुबाट ग्राहकलाई बीमा सेवा प्रदान गर्दै आएको छ ।

-----------------------------------------------------------------------------------------------------------------------

................ सिद्धार्थ बैंकले ल्यायो ‘मेरो सेयर खाता’, वार्षिक ६ प्रतिशत ब्याजदर  ..................

.................. १२ मेगावाट क्षमताको दोर्दीखोलाको निमार्ण तीन बर्षमा सक्ने लक्ष्य  ..................

 

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।