स्वावलम्बन लघुवित्तको बोनसपछि सेयरमूल्य समायोजन

Nov 14, 2017 Merolagani

स्वावलम्बन लघुवित्त (SWBBL) को २० प्रतिशत बोनसपछि सेयरमूल्य समायोजन भएको छ । नेपाल स्टक एक्सचेञ्जले गत आर्थिक बर्षमा वितरण गरेको बोनसलाई समायोजन गरि प्रतिकित्ता १२४२ रुपैयाँ मूल्य निर्धारण गरेको हो । कम्पनीको औसत आधारमूल्य १२७४ रुपैयाँ कायम भएको छ ।

स्वावलम्बनले मंसिर १५ गते शुक्रबार १६ औं बार्षिक साधारण सभा आह्वान गरेको छ । जसका लागि मंगलबारदेखि सेयरधनी किताब बन्द गरेको हो । यसअनुसार कात्तिक २७ गतेसम्म कायम सेयरधनीले मात्र प्रस्तावित बोनस र नगद लाभांश पाउनेछन् ।

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

लैनचौर बैंङ्क्वेट्समा विहान १० बजे बोलाएको साधारण सभाले २० प्रतिशत बोनस आठ करोड ७ लाख ९२ हजार ६०० रुपैयाँको अतिरिक्त ११.५८ प्रतिशत (चार करोड ८५ लाख ११ हजार ५०५ रुपैयाँ) नगद लाभांशको प्रस्ताव पारित गर्ने भएको छ ।

हाल लघुवित्तको चुक्ता पूँजी ४१ करोड ८९ लाख ६३ हजार रुपैयाँ रहेको छ । २० प्रतिशत बोनसपछि लघुवित्त कम्पनीकोे पूँजी ५० करोड लाख ५५ हजार ६०० पुग्नेछ ।

स्वावलम्बन लघुवित्तले गत आर्थिक बर्षमा २५ करोड तीन लाख खुद नाफा कमाएर प्रतिसेयर आम्दानी ५९ रुपैयाँ ७६ पैसा कायम गरेको थियो ।

 

-----------------------------------------------------------------------------------------------------------------------

................ सिद्धार्थ बैंकले ल्यायो ‘मेरो सेयर खाता’, वार्षिक ६ प्रतिशत ब्याजदर  ..................

.................. १२ मेगावाट क्षमताको दोर्दीखोलाको निमार्ण तीन बर्षमा सक्ने लक्ष्य  ..................

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।