साना किसान लघुवित्तकाे प्रगति कायमै

Nov 14, 2017 Merolagani

साना किसान लघुवित्त (SKBBL) ले चालु आवको प्रथम त्रैमासमा आफ्नो प्रगतिलाई कायम राखेको छ । तर लघुवित्त कम्पनीको चुक्ता पूँजी २५ प्रतिशतले बढेअनुपातमा नाफा बढाउन नसक्दा उसको प्रतिसेयर आम्दानी भने १३ रुपैयाँले घटेको छ ।

लघुवित्तको निष्कृय कर्जा अनुपात सामान्य बढ्दा कर्जा नोक्सानी वापतको व्यवस्था भने दोब्बर बढेको छ । निक्षेप सापटी ३२ प्रतिशतले बढाउँदा सोही अनुपातमा कर्जा लगानी समेत २८ प्रतिशतले बढाएको छ । लघुवित्तकाे व्याज खर्च उल्लेखनिय रूपमा बढ्दा समेत उसकाे खुद व्याज अाम्दानी झण्डै ११ प्रतिशतले बढाउन सफल भएकाे छ । 

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

अन्य सञ्चालन खर्चमा ७६ प्रतिशतको वृद्धि तथा व्याज खर्च दोब्बरले बढेपछि गत आर्थिक बर्षको तुलनामा लघुवित्तको खुद नाफा ३.६४ प्रतिशतले मात्र बढ्न पुगेको छ । कम्पनीकाे जगेडा काेषकाे रकम १९ करोड ७९ लाख रुपैयाँले बढाएर एक अर्ब १९ करोड ३१ लाख रुपैयाँ सञ्चितिमा पुगेको छ । अन्य कम्पनीकाे खुद नाफा  घटीरहेकाे अवस्थामा साना किसानले गरेकाे प्रगतिलार्इ  कायम राखेकाे रूपमा लिनुपर्ने देखिन्छ ।  

-----------------------------------------------------------------------------------------------------------------------

................ सिद्धार्थ बैंकले ल्यायो ‘मेरो सेयर खाता’, वार्षिक ६ प्रतिशत ब्याजदर  ..................

.................. १२ मेगावाट क्षमताको दोर्दीखोलाको निमार्ण तीन बर्षमा सक्ने लक्ष्य  ..................

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।