सगरमाथा इन्स्योरेन्सले झुक्यायो कि बीमा समितिले ? फसाईयो लगानीकर्ता

Nov 14, 2017 merolagani

सगरमाथा इन्स्योरेन्स (SIC) ले गतबर्षको मुनाफाबाट बोनस तथा नगद कुनै पनि लाभांश वितरण नगर्ने निर्णय सार्वजनिक गरेपछि सेयरबजारमा खैलाबैला नै मच्चिएको छ । गतबर्ष २५ करोड ५५ लाख मुनाफा कमाएको कम्पनीले लाभांश नबाड्ने निर्णय गरेपछि लगानीकर्ताहरु चकित परेका छन् । कम्पनीले बीमा समिति मार्फत सार्वजनिक गरेको पूँजी योजना अनुसार लाभांश वितरण नगर्ने भएपछि लगानीकर्ता फसेका हुन । 



कम्पनीको सोमबार बसेको संचालक समितिको बैठकले गत आर्थिक बर्षको वित्तीय बिवरण भने पारित गरेकाे छ । विगतका दुई आर्थिक बर्षहरुमा क्रमश २३ प्रतिशत र २२ प्रतिशतका दरले बोनस बाँडेको कम्पनीले गतबर्षको कमाईबाट बोनस नबाड्ने निर्णय गरेको हो ।

कम्पनीको चुक्ता पूँजी ५३ करोड ८२ लाख र जगेडा कोषमा  ३१ करोड ५६ लाख रुपैयाँ छ । कम्पनीले गत आर्थिक बर्षमा २५ करोड ५५ लाख रुपैयाँ नाफा कमाएको थियो  ।

राम्रो मुनाफा र जगेडाकोषमा समेत प्रशस्त रकम हुँदा हुँदै कम्पनीले लाभांश नबाड्ने निर्णय गरेकाे छ । केही लगानीकर्ताले कम्पनीले पूँजी योजना बिपरीत लाभांस सार्वजनिक गरेको आरोप समेत लगाएका छन् ।

सगरमाथाले ७३।०७४ को कमाइबाट ७० प्रतिशत अर्थात ३७ करोड ६८ लाख रुपैयाँ बराबरको बोनस वितरण गरेर ९० करोड चुक्तापूँजी पुर्याउने योजना थियो ।  समितिले तोकेको एक अर्ब रुपैयाँ जुटाउन त्यसपश्चात  हकप्रद जारी गर्ने योजना बीमा समिति मार्फत सार्वजनिक गरेको थियो ।

बीमा समितिले उपलब्ध गराएको यहि तथ्यका आधारमा कम्पनीहरुको पूँजी वृद्धि योजनाका खबरहरु सम्प्रेषण भएका थिए । जसमा सगरमाथाले गतबर्षको कमाईबाट ३७ करोड ६८ लाख अर्थात ७० प्रतिशत बोनस बाड्ने स्पष्ट उल्लेख छ । 

 

बीमा समितिले सार्वजनिक गरेको बीमा कम्पनीहरुको पूँजीवृद्धि योजना 

तर एकाएक पूँजी योजना भन्दा फरक तरिकाले लाभांश नबाड्ने घोषणा भएपछि लगानीकर्ता जिल्लिएका छन ।

कम्पनीले भने पूँजी योजना अनुसार नै लाभांश नबाड्ने योजना सार्वजनिक गरेको दाबी गरेको छ । कम्पनीका एक उच्च अधिकारीले आफ्नो नाम उल्लेख नगर्ने शर्तमा  वीमा समितिमा बुझाएको पूँजी वृद्धि योजना अनुसार नै यो बर्ष लाभांश नबाड्ने निर्णय भएकाे बताए  । बाहिर के के कुरा सार्वजनिक भए, त्यस बारेमा हामी केही भन्न सक्दैनौ, हामीले बुझाएको पूँजी योजनामा ०७४/०७५ मा बोनस बाडेर अपुग पूँजी हकप्रद बाट जुटाउने प्रष्ट छ , उनले भने । हामीले बीमा समितिमा बुझाएको भन्दा फरक योजना बाहिर कसरी आयो, हामीलाई थाहा छैन। ती अधिकारीले भने ।

ती अधिकारीलाई बीमा समितिमा बुझाएको पूँजी योजना मेरो लगानीलाइ उपलब्ध गराउन आग्रह गर्दा दिन नमिल्ने भन्दै तर्किए । इन्स्योरेन्सले  बीमा समितिमा उसले  बुझाएको पूँजी योजनामा नभएको बिषय बाहिर सार्वजनिक भएको आरोप लगाएको छ ।

तर कम्पनीले अहिलेसम्म आधिकारीक रुपमा पूँजी वृद्धि योजना सार्वजनिक गरेको छैन । माथि उल्लेखित तालिका तथा तल देखाइएको तालिका गत साउनमा बीमा समितिले उपलब्ध गराएको तथ्यांकका आधार  तयार पारिएको थियो । यस्तै तथ्य विभिन्न सञ्चार माध्यममा आएका थिए । यसले पूँजी योजनाका सम्बन्धमा कुनै न कुनै गडबडी भएको पुष्टि गर्छ । । जसले हजारौं लगानीकर्ता थाप्लोमा हात राख्न बाध्य भएका छन् ।

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई अनिवार्य रुपमा आ आफ्नो वेभसाइट मार्फत पूँजी योजना सार्वजनिक गर्न निर्देशन दिएको छ । तर बीमा समितिले यस प्रकारको निर्देशन नदिँदा बीमा कम्पनीहरुका बिषयमा भने लगानीकर्तामा अन्योलता नै देखिदै आएको छ ।

यता बीमा समितिले सम्बन्धित विभागको कर्मचारी विदामा रहेकाले आजै कागजात हेर्न नसकिने मेरो लगानीलाई बतायो । समितिका एक अधिकारीले सगरमाथा इन्स्योरेन्सको पूँजी योजना हेरेर मात्र यो बिषयमा थप प्रष्ट पार्ने मेरो लगानीलाई बताए ।

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

गत आर्थिक बर्षको मुनाफाबाट नियमानुसार करिब दश करोड रुपैयाँ बीमा कोषमा सरेपछि बाँकी रहेको मुनाफा १६ करोड रुपैयाँ बोनस बाँड्न मिल्ने थियो । तर अर्को आर्थिक बर्षको मुनाफा समेत जोडी एकैचोटी बम्पर बोनस दिई चुक्ता पूँजी एक अर्ब पुर्याउने योजना नियमनकारी निकाय बीमा समितिमा जानकारी गराएर लाभांश नबाड्ने निर्णय गरिएको कम्पनीले जनाएको छ ।

सगरमाथाले पूँजी योजना अनुसार नै काम गरिरहेको बताइरहँदा  बीमा समितिले यस अघि सार्वजनिक गरेको पूँजी योजना फरक देखिएको छ । किन यस्ताे भयाे ? यसमा कम्पनी वा समिति कसको लापरवाही हो ? खोजीको बिषय बनेको छ । कम्पनी र नियमन निकायका सूचना प्रष्ट नहुँदा सर्वसाधारण लगानीकर्ता फस्नुपर्ने अवस्था देखिएको छ ।  

------------------------------------------------------------------------------------------------------------------------

................ सिद्धार्थ बैंकले ल्यायो ‘मेरो सेयर खाता’, वार्षिक ६ प्रतिशत ब्याजदर  ..................

.................. १२ मेगावाट क्षमताको दोर्दीखोलाको निमार्ण तीन बर्षमा सक्ने लक्ष्य   ..................

 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।