माछापुच्छ्रेले विपन्न बर्गमा कर्जा प्रवाह गर्न हेफरसँग गर्यो सम्झौता

Nov 14, 2017 Merolagani

माछापुच्छ्रे बैंक (MBL) ले विपन्न बर्गमा सहज कर्जा प्रवाह गर्ने उदेश्य अनुरुप हेफर इन्टरनेसनल नेपालसँग सम्झौता गरेको छ । बैंकले दाङ्गका कृषि तथा महिला उद्यमीलाई बिना धितो कर्जा प्रवाह गर्न सो सम्झौता गरेको जनाएको छ ।

उक्त्त सम्झौतापछि बैंकले हेफर इन्टरनेसनल नेपालको सहकार्यमा लमही दाङ्गका चारवटा विभिन्न सहकारी संस्था मार्फत कर्जा प्रदान गर्ने जनाएको छ । विपन्न परिवारलाई स्वरोजगार बनाउने उद्देश्यले संचालन हुने उतm कार्यक्रमले कृषक तथा महिलाहरुको जीवनस्तरमा उल्लेख्य सुधार ल्याउने विश्वास बैंकले लिएको छ ।

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

माछापुच्छ्रेले यसअघि पनि यूकेएडद्वारा सञ्चालित सक्षम एक्सेस् टु फाईनान्स् परियोजनासँग सहकार्य गर्ने नीति अनुरुप साना किसान, युवा स्वरोजगार, महिला उद्यम जस्ता क्षेत्रहरुमा लगानी गरिरहेको थियो ।

बैकले पुर्वमा झापादेखि पश्चिममा कञ्चनपुर,हिमाल देखि पहाड, र तराईसम्म कुल ६२ वटा शाखा, ४ वटा एक्स्टेन्सन काउन्टरहरु लगायत ७ वटा शाखारहित बैकिङ्ग सेवा गरी ७३ स्थानबाट ग्राहकहरुमा सम्पुर्ण बैंकिङ्ग सेवा प्रदान गरिरहेको जनाएको छ ।

 

------------------------------------------------------------------------------------------------------------------------

................ सिद्धार्थ बैंकले ल्यायो ‘मेरो सेयर खाता’, वार्षिक ६ प्रतिशत ब्याजदर  ..................

.................. १२ मेगावाट क्षमताको दोर्दीखोलाको निमार्ण तीन बर्षमा सक्ने लक्ष्य  ..................

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।