प्राइम र नेशनल लाइफ हकप्रद अनुमति माग्न एकैदिन पुगे धितोपत्र बोर्ड

Nov 14, 2017 Merolagani

प्राइम लाइफ इन्स्योरेन्स (PLIC) र नेशनल लाइफ इन्स्योरेन्स (NLICL) दुबैले कात्तिक २७ गते हकप्रद जारी गर्न अनुमतिका लागि नियामक धितोपत्र बोर्डमा पुगेको छन् । 

प्राइमले १६० प्रतिशत र नेशनलले ६० प्रतिशत हकप्रद जारी निवेदन पेश गरेका हुन् । जीवन बिमा कम्पनीले बीमा समितिको निर्देशन अनुसार २ अर्ब रुपैयाँ चुक्ता पुँजी कायम गर्नुपर्ने भएपछि हकप्रद जारी गर्न लागेका हुन् ।

प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले एक बराबर एक दशमलव ६० अनुपातमा ६१ लाख २ हजार कित्ता हकप्रद सेयर जारी गर्न लागेको हो । इन्स्योरेन्सको हकप्रद बिक्री गर्न सिद्धार्थ क्यापिटललाई जिम्मेवारी दिईएको छ ।

त्यस्तै नेशनल लाइफ इन्स्योरेन्सले पनि १० बराबर ६ कित्ता अनुपातमा ९९ लाख ३६ हजार ४७८ कित्ता हकप्रद सेयर बिक्री गर्न अनुमति माग गरेको हो । हकप्रद विक्रीका लागि कम्पनीले एनआइबीएल क्यापिटल मार्केटलाई बिक्री प्रबन्धक तोकेको छ ।

 

------------------------------------------------------------------------------------------------------------------------

................ सिद्धार्थ बैंकले ल्यायो ‘मेरो सेयर खाता’, वार्षिक ६ प्रतिशत ब्याजदर  ..................

.................. १२ मेगावाट क्षमताको दोर्दीखोलाको निमार्ण तीन बर्षमा सक्ने लक्ष्य  ..................

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।