नेपाल कम्युनिटीकाे १२०% हकप्रद भर्ने आज अन्तिम दिन

Nov 15, 2017 Merolagani

नेपाल कम्युनिटी डेभलपमेन्ट बैंक (NCDB) को १२० प्रतिशत हकप्रद सेयर भर्ने बुधबार अन्तिम दिन हो । बैंकको हकप्रदमा असोज १७ गतेसम्म कायम सेयरधनीले बैंकको हकप्रदमा आवेदन गर्न पाउने छन् ।

बैंकको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल क्यापिटल रहेको छ । नेपाल कम्युनिटीले १० बराबर १२ कित्ताको अनुपातमा असोज २६ गतेदेखि २६ लाख ४३ हजार पाँच सय ३८ कित्ता हकप्रद निष्काशन गरेको हो ।

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

बैंकको हकप्रदमा एनआइबीएल क्यापिटल मार्केट्सको कार्यालय लाजिम्पाट तथा नेपाल कम्युनिटी डेभलपमेन्ट बैंकका सबै शाखाहरुबाट आवेदन गर्न सकिने बैंकले जनाएको छ । यसका साथै नेपाल इन्भेष्टमेन्ट बैंकको चिप्लेढुंगा पोखरा, विराटनगर, वीरगञ्ज, नेपालगञ्ज, नारायणगढ तथा धनगढी शाखाबाट पनि हकप्रद सेयर भर्न सकिने बैंकले जनाएको छ ।

चुक्ता पुँजी २२ करोड दुई लाख ९४ हजार रुपैयाँ रहेको बैंकको हकप्रद पश्चात चुक्ता पुँजी ४८ करोड ४६ लाख ४८ हजार ७८० रुपैयाँ पुग्नेछ ।

गत आर्थिक वर्षमा बैंकले ३ करोड ६१ लाख ९ हजार रुपैयाँ खुद नाफा कमाएर प्रतिसेयर आम्दानी १६ रुपैयाँ ३९ पैसा कायम गरेको थियो । बैंकको सेयरमूलय प्रतिकित्ता १६५ रुपैयाँ रहेको छ ।

 

------------------------------------------------------------------------------------------------------------------------

................ सिद्धार्थ बैंकले ल्यायो ‘मेरो सेयर खाता’, वार्षिक ६ प्रतिशत ब्याजदर  ..................

.................. १२ मेगावाट क्षमताको दोर्दीखोलाको निमार्ण तीन बर्षमा सक्ने लक्ष्य  ..................

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।