लाईफ इन्स्योरेन्स कपोरेशनको नाफामा उच्च बढोत्तरी

Nov 15, 2017 merolagani

लाईफ इन्स्योरेन्स कपोरेशन (नेपाल) लिमिटेड (LICN) ले चालु आर्थिक बर्षको पहिलो त्रैमासमा ३ करोड ७३ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत बर्षको यसै अवधिको तुलनामा कम्पनीको नाफा ३३५ प्रतिशत भन्दा धेरै हो । गतबर्ष कम्पनीले ८५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

१ अर्ब ३३ करोड ४६ लाख रुपैयाँ चुक्ता पुँजी भएको कम्पनीको जगेडा तथा कोषमा ३० करोेड ५० लाख रुपैयाँ र जीवन बीमाकोषमा ३६ अर्ब ३८ करोड ३९ लाख रुपैयाँ तथा महाविपत्ति जगेडामा १० करोड रुपैयाँ राखेको छ ।

कम्पनीले यस अवधिमा २ अर्ब २३ करोड ५५ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ भने कुल दाबी भुक्तानी ४९ करोड रुपैयाँ रहेको छ । त्यसै दाबी गरिएको ४१ करोड रुपैयाँ भुत्तान गर्न बाँकी रहेको छ । यस अवधिमा कम्पनी एक हजार ७३४ वटा दाबी भुत्तानी गरेको जनाएको छ ।

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

कम्पनीले यस अबधीमा बीमा शुल्क (खुद) २ अर्ब २१ करोड ७८ लाख रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्ष १ अर्ब ७७ करोड २८ लाख रुपैयाँ रहेको थियो । त्यस्तै दाबी भुक्तानी (खुद) ४६ करोड ८५ लाख रुपैयाँ रहेको छ भने अघिल्लो वर्षको सोहि अवधिमा २५ करोड ४१ लाख रुपैयाँ रहेको थियो ।

कम्पनीको प्रतिशेयर आम्दानी ३ रुपैयाँ, मुल्य आम्दानीको अनुपात ७ सय ४८ गुणा र प्रतिशेयर नेटवर्थ १ सय २९ दशमलव ७१ रुपैयाँ रहेको छ ।

 

----------------------------------------------------------------------------------------------------------------------

................ सिद्धार्थ बैंकले ल्यायो ‘मेरो सेयर खाता’, वार्षिक ६ प्रतिशत ब्याजदर  ..................

.................. १२ मेगावाट क्षमताको दोर्दीखोलाको निमार्ण तीन बर्षमा सक्ने लक्ष्य   ..................

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।