प्रुडेन्सियल इन्स्योरेन्सले खुद नाफा साढे दुई करोड नघायो

Nov 15, 2017 Merolagani

प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी (PICL) ले चालु आर्थिक बर्षको पहिलो त्रैमासमा २ करोड ५२ लाख रुपैयाँँ खुद मुनाफा कमाएको छ । यो नाफा गत आर्थिक बर्षको यसैअवधिको तुलनामा करिब चालीस प्रतिशत बढी हो । गतबर्ष कम्पनीले पहिलो त्रैमाससम्ममा एक करोड ८१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

४२ करोड ७६ लाख रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा १४ करोड ९६ लाख रुपैयाँ रहेको छ । कम्पनीले गत आर्थिक बर्षको नाफाबाट २० प्रतिशत बोनस प्रस्ताव गरेर मंसिर १ गते १६ औं बार्षिक साधारण सभा बोलाएको छ । बोनसपछि कम्पनीको पूँजी ५१ करोड ३२ लाख १६ हजार कायम हुनेछ ।

कम्पनीले यस अबधिमा बीमा शुल्कबाट १२ करोड ६९ लाख रुपैयाँ आर्जन गरेको छ । जून गतबर्षको यसैबर्षको अवधिको तुलनामा २ करोड ६० लाख रूपैयाँले बढी हो । गत बर्ष कम्पनीले बीमा शुल्कबाट १० करोड १० लाख रुपैयाँ आर्जन गरेको थियो । 

प्रुडेन्सियलले यस अबधिमा इन्स्योरेन्सको दाबी भुक्तानी रकम १४ लाख रुपैयाँले घटेको छ । गत बर्ष ८ करोड ७० लाख रुपैयाँ दाबी भुक्तानी रहेकोमा घटेर ८ करोड ५६ लाख रुपैयाँमा झरेको हो । कम्पनीले अझै तीन हजार ५२७ संख्याको ८० करोड ४५ लाख रुपैयाँ बराबरको बीमा दावी भुक्तानी गर्न बाँकी रहेको छ ।

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

इन्स्योरेन्स कम्पनीले यस अबधिमा ३१ हजार ३४६ वटा बीमा लेख जारी गरेको छ भने एक हजार ४६७ वटा दाबी भुक्तानी गरेको छ । जून गत बर्षको भन्दा ६०८ वटा धेरै हो । कम्पनीले चालु आर्थिक बर्षको पहिलो त्रैमासमा ४ करोड ३८ लाख रुपैयाँ आम्दानी गरेको छ भने एक करोड ८५ लाख रुपैयाँ खर्च गरेको छ ।

कम्पनीको प्रति सेयर आम्दानी २३.६० रुपैयाँ, प्रति सेयर नेटवर्थ २२०.३६ रुपैयाँ, मुल्य आम्दानीको अनुपात ६१.४३ गुणा रहेको छ ।

 

------------------------------------------------------------------------------------------------------------------------

................ सिद्धार्थ बैंकले ल्यायो ‘मेरो सेयर खाता’, वार्षिक ६ प्रतिशत ब्याजदर  ..................

.................. १२ मेगावाट क्षमताको दोर्दीखोलाको निमार्ण तीन बर्षमा सक्ने लक्ष्य  ..................

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।