अन्य सञ्चालन आम्दानीले टिकाएको एउटा लघुवित्त

Nov 15, 2017 Merolagani

स्वावलम्बन लघुवित्त (SWBBL) को अन्य सञ्चालन नाफामा व्यापक बृद्धि हुँदा खुद आम्दानीमा झण्डै १० प्रतिशतले बढाएको बित्तीय बिवरण सार्वजनिक गरेको छ । लघुवित्तको पूँजी ३४ प्रतिशतले बढ्दा प्रतिसेयर आम्दानीमा १८ प्रतिशतले कमी आएको छ ।

गत आवको पहिलो त्रैमासमा ३२ लाख ८० हजारमात्र अन्य सञ्चालन आम्दानी गरेको लघुवित्तको तीन महिना अवधिमा अन्य सञ्चालन आम्दानी ११४३.८७ प्रतिशतले बढेर ४ करोड आठ लाख पुगेको छ । जसले उसको खुद नाफा ७० लाख रुपैयाँले बढेर ७ करोड ७३ लाख पुगेको हो ।

चालू आर्थिक वर्षको पहिलो त्रैमासमा व्याज आम्दानीलाई व्याज खर्चले थेग्न नसकेर खुद व्याज आम्दानीमा एक करोड ३७ लाख रुपैयाँले गिरावट आएपनि सञ्चालन नाफामा आएको व्यापक बृद्धिले खुद नाफा बढ्न पुगेको हो । लघुवित्तको खुद व्याज आम्दानी २२ करोड ९६ लाखवाट २१ करोड ५९ लाखमा झरेको हो ।

लघुवित्तको चुक्ता पूँजी ३१ करोड २३ लाखबाट ४१ करोड ८९ लाख पुगेको छ भने रिर्जभ पनि ७४ करोड ७५ लाखबाट साढे ७ प्रतिशतले बढेर ८० करोड ३५ लाख पुगेको छ ।

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

चुक्ता पूँजी वृद्धिको अनुपातमा कमाइ हुन नसक्दा लघुवित्तको प्रतिशेयर आम्दानीमा भने केही गिरावट आएको छ । प्रतिसेयर आम्दानी ९० रुपैयाँबाट ७३ रुपैयाँ ८१ पैसामा घटेको छ ।

यस अवधिमा कर्जा लगानी ६ अर्ब ८३ करोडबाट ८ अर्ब २४ करोडमा बढाउँदा उसको निक्षेप संकलनमा पनि ३ अर्ब २८ करोडबाट ४ अर्ब ६० करोडमा सुधार हुन पुगेको छ । कर्जा परिचालन २० प्रतिशतले बढ्दा निक्षेप संकलनमा ४० प्रतिशतको सुधार आएको छ ।

लघुवित्तको पूँजी कोष लागत भने समीक्षा अवधिमा तीन प्रतिशतले बढेको छ । लघुबित्तको प्रतिसेयर नेटवर्थ २९१ रुपैयाँ ७९ पैसा रहेको छ ।

 

----------------------------------------------------------------------------------------------------------------------

................ सिद्धार्थ बैंकले ल्यायो ‘मेरो सेयर खाता’, वार्षिक ६ प्रतिशत ब्याजदर  ..................

.................. १२ मेगावाट क्षमताको दोर्दीखोलाको निमार्ण तीन बर्षमा सक्ने लक्ष्य   ..................

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।