कञ्चन डेभलपमेन्टको नाफा करोडमा

Nov 15, 2017 Merolagani

कञ्चन डेभलपमेन्ट बैक (KADBL) को खराब कर्जा असुलीमा उल्लेखनीय सुधार भएको छ । गत बर्षको पहिलो त्रैमासमा २.९० प्रतिशतमा रहेको खराब कर्जा अहिले ह्वात्तै घटाएर ०.७२ प्रतिशतमा सिमित राख्न बैंक सफल भएको छ ।

खराब कर्जा असुलीवाट ६ लाख ९२ हजार राइट व्याक गरेको बैकले गत बर्षको तुलनामा २८ लाख रुपैयाँ संभावित जोखिममा कम रकम छुट्याउँदा खुद नाफा बढाउन सफल भएको छ । 

समीक्षा अवधिमा बैकको खुद नाफा ८१ लाख ४० हजारबाट बढेर एक करोड ६८ हजारमा पुर्याएको छ । १९ करोड ८० लाख चुक्ता पूँजीवाट ४४ करोड कायम गरेको बैंकले पूँजी वृद्धि बढेको अनुपात नाफा बढाउन नसक्दा प्रतिसेयर आम्दानी भने ६ रुपैयाँ ९५ पैसाले घटेर ८.९७ रुपैयाँमा सिमित भएको छ ।

समीक्षा अवधिमा २ अर्ब आठ करोडबाट ३ अर्ब चार करोडमा निक्षेप बढाएको बैंकले कर्जा लगानी पनि एक अर्ब ८६ लाखबाट २ अर्व ६८ करोडमा वृद्धि गरेको छ ।

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

व्याज खर्च र कर्मचारी खर्चमा भएको बढोत्तरीका बाबजुत बैंकले खुद नाफालाई बढाउनुलाई राम्रै मान्न सकिन्छ । उसको खुद व्याज आम्दानी समेत १५ लाख रुपैयाँले बढेको छ ।

बैंकको पूँजी कोष अनुपात १४.९७ प्रतिशत, प्रतिसेयर नेटवर्थ १२६ रुपैयाँ १५ पैसा, र मूलय आम्दानी अनुपात २५.५३ गुणा बढी रहेको छ ।

 

------------------------------------------------------------------------------------------------------------------------

................ सिद्धार्थ बैंकले ल्यायो ‘मेरो सेयर खाता’, वार्षिक ६ प्रतिशत ब्याजदर  ..................

.................. १२ मेगावाट क्षमताको दोर्दीखोलाको निमार्ण तीन बर्षमा सक्ने लक्ष्य  ..................

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।