बिदेशमै बसेर खोल्नुहोस् नेपाली बैंकमा खाता

Nov 15, 2017 merolagani

बिदेशमा बसेर नेपालका बैकमा खाता खोल्न सकिने भएको छ । ग्लोबल आइएमई बैकले अनलाइनबाट खाता खोल्न सकिने सुबिधा दिएको छ । बिशेष गरी बिदेशमा बस्ने नेपालीहरलाई सजिलो होस भन्ने उद्देश्यले यो योजना ल्याइएको बैकले जनाएको छ । बैकले जारी गरेको विज्ञप्तिमा जुनसुकै समयमा ग्राहकले आफुले चाहेको शाखामा खाता खोल्न सक्नेछन ।

त्यस्तै विदेशमा बस्ने नेपालीले अनलाईन मार्फत खाता खोल्ने र इमेल मार्फत खाता नम्बर प्राप्त गर्न सक्ने व्यवस्था गरिएको छ ।

उक्त खाता मार्फत सजिलैसंग रेमिट्यान्स नेपालमा पठाउन सकिने बैकको भनाइ छ । अनलाइनबाट खाता खोल्न बैंकको वेबसाइट www.globalimebank.com मा गएर खाता खोल्ने फारम भर्नुपर्ने हुन्छ ।

ग्लोबल बैंकले १०८ वटा शाखा ४ वटा एक्सटेन्सन काउण्टर, १४ वटा राजश्व संकलन काउण्टर, १२५ वटा, एटीम ४६ वटा शाखारहित बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

------------------------------------------------------------------------------------------------------------------------

................ सिद्धार्थ बैंकले ल्यायो ‘मेरो सेयर खाता’, वार्षिक ६ प्रतिशत ब्याजदर  ..................

.................. १२ मेगावाट क्षमताको दोर्दीखोलाको निमार्ण तीन बर्षमा सक्ने लक्ष्य  ..................

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।