सेञ्चुरी बैंकको 'मल्टी करेन्सी कार्ड' १६ मुलुकमा चल्ने

Nov 15, 2017 merolagani

सेञ्चुरी कमर्सियल बैंक(CCBL) ले नेपालमा पहिलो पटक 'मल्टी करेन्सी कार्ड' प्रयोगमा ल्याएको छ । बैंकले भारतको एक्सिस बैंकसँगको सहकार्यमा ल्याएको उक्त कार्डमा अमेरिकी डलरसहित १६ देशका मुद्रा प्रयोग गर्न सकिनेछ ।



यो कार्डको प्रयोगमा आएसँगै विदेश जादाँ विश्वका १६ देशमा ती देशहरुको मुद्रा एउटै कार्डमा लो गरी लैजान सकिने बैंकले जनाएको छ । यसबाट नगद विदेशी मुद्रा अभाव झेलिरहेका ग्राहकहरुलाई केही राहत मिल्नेछ भने अमेरिकि डलर सटही गरी अन्य मुद्रामा भुक्तानी गर्दा हुने विनिमयको नोक्सानी तथा नगद चोरी जस्ता जोखिमलाई समेत न्यूनिकरण हुने बैंकको भनाई छ ।

 

साथै बैंकले एक्सिस बैंकसँगकै सहकार्यमा भारतबाट नेपाल रेमिट्यान्स भित्र्याउने कार्यको औपचारिक शुरुवात गरेको छ। एक्सिस बैंकका ३५ सय शाखाबाट पठाएको पैसा नेपालको सेञ्चुरी बैंकबाट झिक्न सकिन्छ। ’यसबाट बैंकको ग्राहक संख्यामा बृद्धि भइ सर्वसाधारणलाई समेत सहज सेवा उपलब्ध हुने छ’ बैंकका कामु प्रमुख कार्यकारी अधिकृत जीवन भट्टराईले भने।

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

बैंकले चाँडै दुई वित्तीय संस्थालाई गाभेर एकिकृत कारोबार सुरु गर्दैछ। बैंकले ४० प्रतिशत हकप्रद शेयर जारि गरिसकेको छ। अब बोनस सेयर जारि गरेर चुक्ता पूँजी ८ अर्ब पुर्याउने बैंकले जनाएको छ।

 

------------------------------------------------------------------------------------------------------------------------

.................. १२ मेगावाट क्षमताको दोर्दीखोलाको निमार्ण तीन बर्षमा सक्ने लक्ष्य  ..................

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।