गुडविल फाईनान्सले प्रस्ताव गर्यो बोनस

Nov 16, 2017 Merolagani

गुडविल फाईनान्स कम्पनी (GFCL) ले गत आर्थिक बर्षको कमाईबाट सेयरधनीलाई सात करोड ४० लाख रुपैयाँको बोनस सेयर वितरण गर्ने भएको छ । यो प्रतिशतको आधारमा हेर्दा १०.१९२ प्रतिशत हुन आउँछ ।

फाइनान्सले यसअघि जारी गरेको ६० प्रतिशत हकप्रदले पाउने गरि सो बोनस वितरण गर्ने प्रस्ताव गरेको हो । बोनसमा लाग्ने कर प्रयोजनका लागि फाइनान्सले ०.५४ प्रतिशतले हुन आउने ३८ लाख ९४ हजार ७३६ रुपैयाँ नगद लाभांश समेत छुट्टाएको छ ।

हकप्रद जारीपश्चात फाइनान्सको चुक्ता पूँजी ७२ करोड ६० लाख रुपैयाँ पुगेको छ । प्रस्तावित बोनस पूँजीकरण गर्दा उसको पूँजी ८० करोड रुपैयाँ पुग्नेछ ।

चालु अावकाे प्रथम त्रैमासमा फाइनान्सले एक कराेड २० लाख रूपैयाँ खुद नाफा कमाएर प्रतिसेयर अाम्दानी ६ रूपैयाँ ६५ पैसा कायम गरेकाे छ ।

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।