कम्पनीले हालसम्म १२ अर्ब ३० करोड ९० लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ भने ५१ करोड १० लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ ।
चालु बर्षको पहिलो त्रैमासमा मात्रै कम्पनीले कुल बिमा शुल्क आर्जन ५५ करोड ३३ लाख ८६ हजार रुपैयाँ पुगेको छ । यो अघिल्लो वर्षको भन्दा २०.५९ प्रतिशत धेरै हो ।
कम्पनीले २ लाख ६ हजार ८ सय ४९ वटा बीमा लेख जारी गरेको छ । यही अवधिमा कुल २ हजार ७ सय ३० वटा दाबी भुक्तानी गरेको छ । कम्पनीले कुल १ करोड १५ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी छ ।
८० करोड ५५ लाख रुपैयाँ चुक्ता पुँजी भएको कम्पनीले जगेडा कोषमा २० करोड ५७ लाख रुपैयाँ र जीवन बीमाकोषमा १० अर्ब ७३ करोड रुपैयाँ राखेको छ । कम्पनीको जगेडा कोष भने घटेको छ । गत बर्ष कम्पनीको जगेडा कोषमा २३ करोड १० लाख रुपैयाँ थियो । एसियनले महाविपत्ति जगेडा कोषमा ३ करोड ४६ लाख रुपैयाँ राखेको छ ।
कम्पनीको प्रतिशेयर आम्दानी ७.८६ रुपैयाँ, मूल्य आम्दानीको अनुपात १९३.२७ गुणा, प्रतिशेयर नेटवर्थ १२५.५४ रुपैयाँ र प्रतिशेयर कुल सम्पतिको मूल्य १ हजार ४ सय ८३ रुपैयाँ रहेको छ ।