चार कम्पनीको लाभांश सुरक्षित गर्ने विहीबार अन्तिम दिन

Nov 16, 2017 Merolagani

विहीबार माछापुच्छ्रे बैंक, कैलाश विकास बैंक, विजय लघुवित्त, समता माइक्रोफाईनान्स गरि कुल चार कम्पनीको बोनस सेयर  तथा नगद लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ ।

चारवटै कम्पनीले साधारण सभाका लागि शुक्रबारदेखि सेयरधनी किताब बन्द गर्देछन् । यसअनुसार नयाँ लगानीकर्ताले भने सम्बन्धित कम्पनीले प्रस्ताव गरेको लाभांश प्राप्त गर्न विहीबारसम्म  सेयरधनीले भैसक्नु पर्नेछ ।

माछापुच्छ्रे बैंक (MBL) ले ९ बोनस सेयर र ६ नगद लाभांश गरि १५ लाभांश वितरणको प्रस्ताव मंसिर १५ मा हुने साधारण सभामा गरेको छ ।

त्यस्तै कैलाश विकास बैंक (KBBL) ले पनि मंसिर १५ गते बोलाएको साधारण सभामा १० प्रतिशत बोनस र ९.४५ प्रतिशत नगद लाभंश गरि १९.४५ प्रतिशत लाभांश वितरण प्रस्ताव पारित गर्ने भएको छ ।

त्यसैगरि गत आर्थिक बर्षको नाफाबाट विजय लघुवित्त (VLBS) ले १० प्रतिशत बोनस सेयर तथा ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । उसले मंसिर १६ मा साधारमा गर्ने भएको छ ।

उता समता माईक्रोफाइनान्स (SMATA) ले चौथो बार्षिक साधारण सभा मंसिर १६ गते डाकेको छ । कम्पनीले साधारण सभामा २० प्रतिशत बोनस सेयर र ११.३८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

चारवटै कम्पनीहरुको लाभांश विहीबारसम्म नेप्सेमा सेयर किनेका वा यसअघि नै उल्लेखित संस्थाको सेयरधनी रहेकाले मात्र  प्राप्त गर्नेछन् ।

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।