महिला सहयात्राले ४५.८६ प्रतिशतले बढायो खुद नाफा

Nov 16, 2017 Merolagani

महिला सहयात्रा माइक्रोफाइनान्स वित्तीय संस्था (MSMBS) ले ४५.८६ प्रतिशत नाफा बढाएको छ । गत बर्षको पहिलो त्रैमासमा १७ लाख ५३ हजार कमाएको कम्पनीले यो बर्षको पहिलो त्रैमासमा २५ लाख ५७ हजार कमाई गरेको हो ।

कर्मचारी खर्च, अन्य सञ्चालन खर्चमा व्यापक बढोत्तरी भएर सञ्चालन नाफामा संकुचन आएपनि १९ लाख २ हजार राइटव्याक गरेर कम्पनीले चालू आर्थिक बर्षको पहिलो त्रैमासमा नाफा बढाउन सफल भएको हो । 

१२ करोड १० लाख रुपैयाँ चुक्ता पूँजी रहेको सहयात्राको जगेडा कोषको रकम भने ७ लाख रुपैयाँ घटेर दुई करोड २९ लामा झरेको छ ।

पूँजी बृद्धि अनुसारको प्रतिफल आएपछि कम्पनीको प्रतिशेयर आम्दानीमा पनि बृद्धि भएको छ । समीक्षा अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी ६ रुपैयाँ ३७ रुपैयाँवाट बढेर ८ रुपैयाँ ४६ पैसा पुगेको छ ।

निक्षेप र कर्जा परिचालन झण्डै दुई गुणा बढाएको लघुवित्तले समग्रमा प्रगतिलाई कायमै राखेको देखिन्छ । निक्षेप बढाउन महँङ्गो व्याजदरमा रकम संकलन गर्दा व्याज दर्च तेब्बरले बढेको देखिन्छ जसले गर्दा पूँजी कोष लागत पनि ४.९२ प्रतिशतवाट बढेर १०.२३ प्रतिशत पुगेको छ ।

लघुवित्तले खराव कर्जा अनुपात घटाउन नसक्दा २.६७ बाट २.९१ प्रतिशतमा बढ्न पुगेको छ । जसलाई नियन्त्रण गर्न ध्यान केन्द्रीत गर्न जरुरी देखिन्छ ।

 

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।