कन्काई विकास बैंकले पहिाले त्रैमासमा ३४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन अघिल्लो वर्षको तुलनामा ६१.११ प्रतिशतले कम हो । अघिल्लो वर्षको सोहि अवधिमा बैंकले ८९ लाख रुपैयाँ खुद नाफा गरेको थियो ।
बैंकको खुद ब्याज आम्दानी बढेपनि संचालन मुनाफा उच्च दरले घटेपछि नाफामा गिरावट आएको हो ।
बैंकको चालू आवको पहिलो त्रैमासमा चुक्तापूँजी ३ गुणाले बढेर ४१ करोड ६० लाख पुगेको छ । बैंकले १ बराबर २.१४ अनुपातमा हकप्रद शेयर निष्कासन गरेर पूँजी बढाएको हो ।
खराब कर्जा १.२८ प्रतिशत रहेको बैंकले प्रोभिजनमा ९१ लाख रुपैयाँ राखेको छ भने यसअवधिमा २५ लाख रुपैयाँ खराब कर्जा उठाएको छ ।
बैंकको प्रतिशेयर आम्दानी वार्षिक शुन्य दशमलव ८३ रुपैयाँ, मुल्य आम्दानीको अनुपात वार्षिक २५८.०५ गुणा, प्रतिशेयर नेटवर्थ ११४.७४ रुपैयाँ र तरलता अनुपात ४७.६७ प्रतिशत छ ।
बैंकले यसअवधिमा १ अर्ब ४९ करोड रुपैयाँ निक्षेप संकलन गरी १ अर्ब २५ करोड १३ लाख कर्जा प्रवाह गरेको छ ।