मूल्य आम्दानी अनुपात ३ सय ४२ गुणा हुँदा ४ अर्ब ३३ करोड बीमा दाबी भुक्तानी नगर्ने कम्पनी चिन्नुहोस्

Nov 16, 2017 Merolagani

- प्रतिसेयर आम्दानीमा पहिरो
हिमालयन जनरल इन्स्योरेन्सले अझै ४ अर्ब ३३ करोड १४ लाख ८४ हजार रुपैंयाको बीमा दाबी भुक्तानी गर्न बाँकी रहेको वित्तीय बिवरण निकालेको छ । कमाईको आकार बढाएको कम्पनीले दाबी भुक्तानीको रकम गत वर्षको असोजको तुलनामा घटेको देखाए पनि गत असारको तुलनामा बढेको देखाएको हो ।

पुनरबीमा कम्पनीबाट भुक्तान नभएका कारण हिमालयन जनरलले अपेक्षित रुपमा बीमा दाबी भुक्तान गर्न नसकेको हो । गत आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीले ५ अर्ब ६४ करोड ८ लाख ९ हजार रुपैंया दाबी भुक्तान गर्न बाँकी थियो । गत आर्थिक वर्षको असार मसान्तमा उक्त रकम ४ अर्ब १४ करोड ७० लाख १० हजार रुपैंयामा झरेको थियो । अहिले उक्त रकम बढेर ४ अर्ब ३३ करोड १४ लाख ८४ हजार रुपैंया पुगेको हो । उल्लेखित रकम उसले ९ सय ७० वटा दाबी वापत भुक्तान गर्न बाँकी छ ।

पुनरबीमा कमिशन आयको आकारमा अधिक गिरावट आउँदा खुद बीमाशुल्क आर्जनको आकार बढाएको कम्पनीको लगानी कर्जा लगायतबाट हुने आम्दानीको आकार बढेको छ । खुद बीमा दाबी भुक्तानी घट्नु, अभिकर्ता कमिशन घट्नु, लगायत कारणले उसको आम्दानी बढेको हो । यस क्रममा कम्पनीको खुद नाफा एक वर्षको अवधिमा १ करोड ९७ लाख ९४ हजार रुपैंयाबाट बढेर २ करोड २३ लाख १९ हजार रुपैंया पुगेको छ ।

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

कमाईमा देखिएको सामान्य वृद्धिभन्दा चुक्ता पूँजी अधिक बढेका कारण कम्पनीको प्रतिसेयर आम्दानीको अवस्था दयनीय देखिएको छ । गत आर्थिक वर्षमा कम्पनीको चुक्ता पूँजी ३२ करोड १० लाख रुपैंया थियो । अहिले कम्पनीको चुक्ता पूँजी १ अर्ब २ करोड ४७ हजार रुपैंया छ । यसरी पूँजी बढ्दा कम्पनीको प्रतिसेयर आम्दानी २४ रुपैंया ६६ पैसाबाट ८ रुपैंया ७५ पैसामा झरेको छ ।

कम्पनीको जगेडा कोषको आकार पनि समीक्षा अवधिमा १३ करोड ९५ लाख ८३ हजार रुपैंयाबाट १२ करोड ५ लाख ६३ हजार रुपैंयामा झरेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ १ सय ४५ रुपैंया ३७ पैसा छ । वित्तीय बिवरणमा उल्लेख भए अनुसार कम्पनीको मूल्य आम्दानी अनुपात ३४२.७६ गुणा बढी छ ।

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।