एनबी इन्स्योरेन्सको कमाई दोब्बरले बढ्दा प्रतिसेयर आम्दानी के भयो ?

Nov 16, 2017 Merolagani

एनबी इन्स्योरेन्सले चुक्ता पूँजीसँगै खुद नाफाको आकार पनि बढाउन सकेको वित्तीय बिवरण निकालेको छ । इन्स्योरेन्सले एक वर्षको अवधिमा चुक्ता पूँजी झण्डै दोब्बरले बढाउँदा खुद नाफा पनि दोब्बर बढीले बढाएको विबरण सार्वजनिक गरेको हो ।

गत आर्थिक वर्षको असोज मसान्तमा १ करोड २० लाख ६८ हजार रुपैंया खुद नाफा कमाएको कम्पनीले अहिले २ करोड ५५ लाख ५१ ह्जार रुपैंया खुद नाफा कमाएको छ । कम्पनीको खुद नाफा दोब्बर बढीले बढेको हो ।

समीक्षा अवधिमा कम्पनीको चुक्ता पूँजी २६ करोड ५६ लाख ५६ हजार रुपैंयाको चुक्ता पूँजी ५४ करोड रुपैंया पुगेको हो । गत आर्थिक वर्षमा शतप्रतिशत हकप्रद निष्काशन गरेर इन्स्योरेन्सले पूँजी बढाएको थियो ।

कम्पनीको चुक्ता पूँजीभन्दा कमाई धेरै बढेका कारण प्रतिसेयर आम्दानी सन्तुलन भएको छ । केही मात्रामा कम्पनीको प्रतिसेयर आम्दानीमा बढोत्तरी समेत देखिएको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीको प्रतिसेयर आम्दानी १७ रुपैंया ७ पैसा थियो । अहिले उसको प्रतिसेयर आम्दानी १८ रुपैंया ९२ पैसा कायम भएको छ ।

कम्पनीको जगेडा कोषको आकार समीक्षा अवधिमा ४ करोड ८२ लाख ३३ हजार रुपैंयाबाट ११ करोड ४९ लाख ४ हजार रुपैंया पुगेको छ । इन्स्योरेन्सको प्रतिसेयर नेटवर्थ १२३ रुपैंया ८७ पैसा छ । इन्स्योरेन्सले वित्तीय बिवरणमा मूल्य आम्दानी अनुपात ६२.०७ गुणाले बढी रहेको देखाएको छ ।

गत आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीले २७ करोड ३५ लाख ५८ हजार रुपैंया बीमा दाबी भुक्तान गर्न बाँकी थियो । अहिले त्यो रकम १३ करोड ८९ लाख ३० हजार रुपैंयामा झरेको छ । भुक्तान गर्नु पर्ने दाबी संख्या १३०२ बाट ११७५ मा झरेको छ । भुक्तान हुन बाँकी दाबी संख्या थोरै मात्र घटेको तथ्यले कम्पनीले ठूला प्रकृतिको दाबी भुक्तानीलाई पहिलो प्राथमिकता दिएको देखिन्छ ।

कम्पनीले पहिलो त्रैमासमा २१ करोड ६४ लाख रुपैंया बीमाशुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीले १६ करोड २२ लाख रुपैंयाको बीमाशुल्क आर्जन गरेको थियो ।

इन्स्योरेन्सको २० औं वार्षिक साधारण सभाले एनबी इन्स्योरेन्सको नाम परिवर्तन गरी आईएमई जनरल इन्स्योरेन्स लिमिटेड बनाउने प्रस्ताव पारित गरिसकेको छ । बीमा समितिले तोकेको पूँजी पुर्याउन कम्पनी ८० प्रतिशत हकप्रद निष्काशनको प्रकृयामा छ । उक्त हकप्रद निष्काशन पश्चात कम्पनीको चुक्ता पूँजी ९७ करोड २० लाख रुपैंया पुर्याउन लागेको हो ।

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।