६ कम्पनीको नेप्सेमा एकैदिन थपियो एक करोड चार लाख कित्ता सेयर

Nov 16, 2017 Merolagani

नेपाल स्टक एक्सचेञ्जमा विहीबार ६ कम्पनीको बोनस तथा हकप्रद सेयर गरि कुल एक करोड चार लाख २० हजार ५५० दशमलव ७० कित्ता सेयर सूचीकृत भएको छ । यसरी सूचीकृत गर्ने कम्पनीहरुमा सनराईज बैंक, कन्काई विकास बैंक, कामना सेवा विकास बैंक, गुडविल फाइनान्स, प्राइम लाईफ इन्स्योरेन्स र नेपाल इन्स्योरेन्स कम्पनी रहेका छन् ।

विहीबार सूचीकृत भएको सेयरमध्ये सबैभन्दा बढी कन्काई विकास बैंक (KNBL) को ३२ लाख १० हजार हकप्रद सेयर रहेको छ । गुडविल फाइनान्स (GFCL) ले २७ लाख २२ हजार पाँच कित्ता हकप्रद सूचीकरण गराएको छ ।

त्यस्तै कामना सेवा विकास बैंक (KSBBL) को हकप्रद सेयर समेत विहीबार नै नेप्सेमा सूचीकृत भएको छ । बैंकले २४ लाख १३ हजार १३७ दशमलव ६० कित्ता सेयर सूचीकरण गराएको हो । सनराईज बैंक (SRBL) ले हकप्रदमा अवितरित भएर लिलामीमा ल्याएको ७ लाख १० हजार ७०९ कित्ता हकप्रद सेयरलाई सूचीकरण गराएको हो ।

दुई बीमा कम्पनीले भने बोनस सेयर सूचीकरण गराएका छन् । प्राइम लाईफ इन्स्योरेन्स कम्पनी (PLIC) ले १२ लाख २० हजार ४ सय कित्ता र नेपाल इन्स्योरेन्स कम्पनी (NICL) ले एक लाख ४३ हजार ८०४ दशमलव १० कित्ता बोनस सेयर पनि विहीबार नै नेप्सेमा सूचीकृत गरेको हो ।

 

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।