पहिलो त्रैमासमा ७ जीवन बीमा कम्पनीले के गरे ? तथ्यांकमा हेर्नुहोस्

Nov 16, 2017 Merolagani

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ७ वटा जीवन बीमा कम्पनीहरुले वित्तीय बिवरण निकालेका छन् । जसमा लाइफ इन्स्योरेन्सले सबैभन्दा धेरै कमाई बढाएको वित्तीय बिवरण निकालेको छ । यसका साथै सबैभन्दा धेरै खुद नाफा कमाउने जीवन बीमा कम्पनीमा नेपाल लाइफ परेको छ ।

चुक्ता पूँजी तथा जगेडा कोषको आकारका आधारमा पनि नेपाल लाइफ पहिलो स्थानमा छ । सबैभन्दा थोरै चुक्ता पूँजी रहेको गुराँस लाइफको ५९ करोड रुपैंया छ । जगेडा कोषका आधारमा सबैभन्दा थोरै रकम एशियन लाइफसँग छ । उसको जगेडा कोषमा २० करोड रुपैंया मात्र सञ्चित छ । कुन कम्पनीको पूँजी तथा जगेडा कति छ ? यो तथ्य हेर्नुहोस् । रकमलाई अर्बमा देखाइएको छ ।

- फोटोलाई क्लिक गरेर ठुलो बनाउन सक्नुहुन्छ ।

नेपाल लाइफले सबैभन्दा धेरै खुद नाफा कमाउँदा एशियन लाइफले सबैभन्दा थोरै खुद नाफा कमाएको छ । अरु कम्पनीले कति कमाए खुद नाफा यो तथ्यांक हेर्नुहोस् । रकमलाई करोडमा देखाइएको छ ।

- फोटोलाई क्लिक गरेर ठुलो बनाउन सक्नुहुन्छ ।

खुद नाफा बढोत्तरीमा लाइफ इन्स्योरेन्स सबैभन्दा अगाडि रहँदा सबैभन्दा थोरै प्रगति गर्नेमा एशियन लाइफ इन्स्योरेन्स परेको छ । कुन कम्पनीको कमाई वृद्धिको अवस्था कस्तो छ ? तथ्यांकमा हेर्नुहोस् । रकमलाई करोडमा देखाइएको छ ।

फोटोलाई क्लिक गरेर ठुलो बनाउन सक्नुहुन्छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।