एनएलजी इन्स्योरेन्सले कमायो ५ करोड २५ लाख,प्रतिसेयर आम्दानी कति ?

Nov 17, 2017 merolagani

निर्जीवन बीमा कम्पनी एनएलजी इन्स्योरेन्स कम्पनी (NLG) ले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ५ करोड २५ लाख रुपैयाँ खुद नाफा कमाएर प्रतिसेयर आम्दानी ४१ रुपैयाँ कायम गरेको छ । कम्पनीको नाफा गतबर्षको यसै अवधिको तुलनामा ९० लाख बढी हो । गतबर्षको पहिलो त्रैमासमा कम्पनीले ४ करोड ३५ लाख कमाएको थियो ।

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा इन्स्योरेन्सले १८ करोड ४२ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ भने ५ करोड ३४ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । पुर्नबीमा कमीशनबाट ४ करोड ७७ लाख आम्दानी गरेको कम्पनीले लगानी तथा कर्जाबाट १ करोड ३९ लाख आम्दानी गरेको छ ।

५१ करोड २३ लाख रुपैयाँ चुक्ता पूँजी भएको कम्पनीले १८ करोड ९० लाख रुपैयाँको जगेडा कोष बनाएको छ भने बीमा कोषमा ६१ करोड ४४ लाख रुपैयाँ राखेको छ । उसको महाविपत्तीकोषमा ३ करोड रुपैयाँ छ ।

कम्पनीले एक हजार ७५३ वटा वीमा दाबी बापत ७२ करोड ९० लाख रुपैयाँ दाबी भुक्तानी गर्न बाँकी रहेको छ ।

इन्स्योरेन्सको प्रतिसेयर आम्दानी ४१ रुपैयाँ ०६ पैसा रहेको इन्स्योरेन्सको प्रति सेयर नेटवर्थ २६२.१७ रुपैयाँ, तरलता अनुपात १.७१ प्रतिशत र मुल्यआम्दानी अनुपात ३७ दशमलव ९९ प्रतिशत रहेको छ ।

 

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।