लगानीकर्ताका संघ संस्थालाई नेप्सेले भन्यो,१५ दिनभित्र संस्था दर्ताको प्रमाण चाहियो

Nov 17, 2017 merolagani

नेपाल स्टक एक्सचेञ्च (नेप्से)ले लगानीकर्ताको हितमा संचालन गर्ने विभिन्न गतिविधिमा समन्वय गर्न सरोकारवाला संस्थाहरुको सूचि निमार्ण गर्ने भएको छ ।जसका लागि नेप्सेले लगानीकर्ताका संघ/संस्थाहरुलाई १५ दिनभित्र नेप्सेमा संस्था दर्ताको प्रमाणपत्र बुझाउन आह्वान गरेको छ ।

नेप्सेले लगानीकर्ताका संघ/संस्थाहरुलाई संस्था दर्ताको प्रमाण, संस्थाको परिचयात्मक विवरण, संस्थाको गतिविधि झल्कने प्रकाशन, न्यूजलेटर, पम्प्लेट लगायतका सामाग्री तथा पदाधिकारीहरुको व्यक्तिगत विवरण १५ दिनभित्र सूचिकरण शाखामा बुझाउन भनेको छ ।

आगामी दिनमा आम लगानीकर्ताको हितमा संञ्चालन गर्ने विविध गतिविधिहरुमा आवश्यक समन्वय तथा राय सुझाब प्राप्त गर्नका लागि सरोकारवालको सूचि निमार्ण गर्न लागेको नेप्सेले जनाएको छ । उक्त सूचिमा दर्ता हुनको लागि नेप्सेले लगानीकर्ताका संघ संस्थाहरुलाई मंसिर १५ सम्मको समय दिएको छ ।

 

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।