माछापुच्छ्रे बैंकसहित चार कम्पनीको बोनसपछि सेयरमूल्य समायोजन

Nov 17, 2017 Merolagani

नेपाल स्टक एक्सचेन्जले एकै दिन ४ कम्पनीको बोनस सेयरमा मूल्य समायोजन गरेको छ । नेप्सेले शुक्रबार माछापुच्छ्रे बैंक, कैलाश विकास बैंक, विजय लघुवित्त र समता माइक्रोफाइनान्स गरि चार कम्पनीको बोनस सेयरपछि मूल्य समायोजन गरेको छ ।

माछापुच्छ्रे बैंक (MBL) को ९ प्रतिशत बोनस सेयरलाई समायोजन गरि नयाँ मूल्य निर्धारण गरिएको छ । नेप्सेले बैंकको प्रतिकित्ता सेयरमूल्य २८८ रुपैयाँ कायम गरेको छ । जसको १८० दिनको सेयर कारोबारका आधारमा औसत आधार मूल्य ३६१ रुपैयाँ निर्धारण गरिएको छ । 

नेप्सेले कैलाश विकास बैंक (KBBL) को १० प्रतिशत बोनसलाई समायोजन गरि समायोजित सेयरमूल्य प्रतिकित्ता २५० रुपैयाँ निर्धारण गरेको छ । बैंकको औसत आधारमुल्य २९६ रुपैयाँ रहेको छ ।

त्यस्तै विजय लघुवित्त (VLBS) को १० प्रतिशत बोनसपछि समायोजित सेयरमूल्य ९९१ रुपैयाँ कायम भएको छ । लघुवित्तको १८० दिनको सेयर कारोबारको आधारमा औसत आधार मूल्य ७५४ रुपैयाँ निर्धारण भएको छ ।

उता २० प्रतिशत बोनसपछि समता माइक्रोफाइनान्स (SMATA) को पनि बोनसपछि सेयरमूल्य समायोजन भएको छ । उसको समायोजित सेयरमूल्य प्रतिकित्ता ४७८ रुपैयाँ रहेको छ । लघुवित्तको औसत आधार मूल्य २८९ रुपैयाँ निर्धारण भएको छ ।

शुक्रबार सेयर बजारमा कारोबार नहुने भएकाले आज समायोजन भएको चारै कम्पनीको समायोजित मूल्यलाई आधार मानेर आईतबार सेयर कारोबार खुला हुनेछ ।

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।